स्कार्पियो दुर्घटनामा मृत्यु भएका चालकसहित आठै जनाको पहिचान खुल्यो, पाँच गम्भीर घाइते

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ मङ्सिर, २०८१
२ वर्षअघि

रौतहट । बारा बरियारपुरस्थित प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गरेर फर्किरहेको स्कार्पियो रौतहटस्थित राजमार्गमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकास्थित धन्सार–लमाहा खोलाको नजिकै मंगलबार बिहान दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटना भएको थियो ।

Advertisement

उक्त दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ भने अरू पाँच जना घाइते भएका छन् । मृत्यु हुने र घाइते हुने सबैको पहिचान खुलेको हो ।

बारा बरियारपुरस्थित लागेको पञ्चवर्षीय गढीमाई मेला दर्शन गरी सिराहातर्फ फर्किरहेको उक्त स्कर्पियो अनियन्त्रित भई बाटोबाट तल दाहिनेतर्फको रूखमा ठोक्किएको थियो ।

जसमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका-३ का गाडी चालक श्रीकुमार यादव, दर्शनार्थीहरू स्थानीय ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीदेवी महरा, ६२ वर्षीया फूलमन्तीदेवी महरा, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महराको मृत्यु भएको हो ।

मृतकमध्ये चालकबाहेक सबै दलित चमार जातिका मानिस हुन् ।

घाइते हुनेहरूमा सोही ठाउँका उमेश महराकी श्रीमती वर्ष ३० की राधा महरा, उमेश महराको छोरा दुई वर्षीय आर्यन महरा, गणेश महराकी श्रीमती २५ वर्षीया देवकुमारी महरा, सात वर्षीय छोरा ऋतिक महरा र ६० वर्षीय कन्यादेवी महरा रहेका छन् ।

घाइतेहरूको चन्द्रनिाहपुरस्थित अस्पतालमा सामान्य उपचारपछि बिहान सवा ४ बजे एम्बुलेन्सबाट बयोधा अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०