रवि लक्षित हुँदै ओलीले भने : देश चलाउने कुरा सहकारी ठगीजस्तो होइन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । गृह जिल्ला झापामा बनेको १८ तले दमक भ्यूटावर उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै कटाक्ष गरेका छन् ।

आइतबार भ्यूटावरको उद्घाटन गर्दै ओलीले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नहुने टिप्पणी गरेका हुन् ।

‘देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन,’ उनले भने, ‘हामीले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न दिँदैनौँ ।’

ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको दाबी गरेका छन् ।

ओलीले यो टावर सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।

उनले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहीन आरोप लगाएजस्तो नहुने उल्लेख गरे ।

प्रकाशित समय: आईतबार २३ मङ्सिर, २०८१, १९:१९:१९
रतुवामाईमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
शुक्रबार ५ असार, २०८३
प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा खानतलासी गरिएको छैन
शुक्रबार ५ असार, २०८३
पोखराले ल्यायो ७ अर्ब १५ करोड बजेट
शुक्रबार ५ असार, २०८३
अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर
शुक्रबार ५ असार, २०८३
ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन : अर्थमन्त्री वाग्ले
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित
शुक्रबार ५ असार, २०८३
हर्क साम्पाङले मागे महावीरसँग १० करोड रकम
शुक्रबार ५ असार, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०