ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीले लिए शपथ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा निर्वाचित नेकपा माओवादी केन्द्रका नमोनारायण माझीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

माझीले बिहीबार गाउँपालिकाको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । लगत्तै उनले पदभारसमेत ग्रहण गरेका छन् ।

आइतबार भएको उपनिर्वाचनअनुसार ५४ वर्षीय माझीले साविक विजेतासमेत रहेको नेपाली कांग्रेसका उम्मेदवारलाई एक हजार ६३६ मतान्तरले हराएका थिए ।

गत महिनामात्र कांग्रेस छोडेर माओवादीमा प्रवेश गरेका माझीले ६९६९ मतसहितको जित हात पार्दै ग्रामथान गाउँपालिका अध्यक्ष बनेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका बलराम सरदार थारूले ५३३३ मत ल्याए भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासले ४१५९ मत पाए ।

३० वैशाख २०७९ मा भएको चुनावमा निर्वाचित कांग्रेसका जयप्रकाश गच्छदारको मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन भएको हो ।

जसमा कांग्रेस र एमालेसहित विभिन्न राजनीतिक दलका १४ र एक जना स्वतन्त्र १५ उम्मेदवारलाई माझीले उछिने ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट ग्रामथान–१ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

पछि फोरम र नेपाली कांग्रेस एकीकरण भएपछि उनी कांग्रेस बने ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षको आकांक्षी रहेका उनलाई कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

तर, त्यसबेला वडाध्यक्षमा हारेका माझीले कांग्रेस छोडर माओवादी प्रवेश गर्दै समग्र ग्रामथानको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

प्रकाशित समय: बुधबार १९ मङ्सिर, २०८१, १६:२६:२६
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस
शुक्रबार ८ साउन, २०८३
घुससहित पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत
शुक्रबार ८ साउन, २०८३
सांसद्हरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार ८ साउन, २०८३
खैरो हेरोइनसहित चार जना पक्राउ
शुक्रबार ८ साउन, २०८३
प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०