मोरङको ग्रामथानमा मतदान सम्पन्न, खस्यो १८ हजार ५७८ मत

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि भएको उपनिर्वाचनमा १८ हजार ५७८ मत खसेको छ ।

सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार ७१.३ प्रतिशत मत खसेको हो । ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेका छन् ।

पौडेलका अनुसार मतदानमा पुरुषभन्दा बढी महिला सहभागी भएका छन् । ९ हजार ६ सय ७७ जना महिला र आठ हजार ९ सय पुरुष मतदानमा सहभागी भएको जानकारी पौडेलले दिए ।

मतदाताको संख्या पनि पुरुषभन्दा महिलाको धेरै थियो । १३ हजार ४१ महिला र १३ हजार ३ पुरुष मतदाता रहेका थिए । मतदातामध्ये ७ हजार ४ सय ६७ जना मतदानमा सहभागी भएनन् ।

गाउँपालिकाका १२ मतदान स्थलमा २९ वटा मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको थियो । ती मतदान केन्द्रहरूमा शान्त र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको पौडेलको भनाइ छ ।

उनका अनुसार मतदान सकिएसँगै मुचुल्का तयार गर्ने र मतपेटिका संकलन गर्ने तयारी भइरहेको छ । आजै बेलुकाबाट मतगणना गर्ने तयारी छ ।

तर त्यसअघि सर्वदलिय बैठक बसेर निर्णय गर्नेछ ।

ग्रामथानको गाउँपालिका अध्यक्षका लागि नेपाली कांग्रेसका बलराम सरकार थारू, एमालेका तुलसीराम विश्वास र माओवादीका नमोनारायण माझीबीच त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको छ ।

उनीहरूबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवीनकुमार विश्वास खवास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टी (जसपा)का सुरेशकुमार राजवंशी, जनमत पार्टीका विनोदकुमार माझी, नेकपा एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्मा र नागरिक उन्मुक्तिका बुद्धिचन विश्वास थारू उम्मेदवार छन् ।

यस्तै, , नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारू र मंगोल नेसनल अर्गनाइजेसनका भरत राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजु मुसहर, नेपाल समाजवादी पार्टीका धर्मेन्द्रकुमार चौधरी, समावेशी समाजवादी पार्टीका बोधनारायण माझी र स्वतन्त्र नमनारायण चौधरी थारूले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यसअघि निर्वाचित कांग्रेसका जयप्रकाश गच्छदारको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रकाशित समय: आईतबार १६ मङ्सिर, २०८१, १८:०२:०३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०