ग्रामथान उपनिर्वाचन : कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा उजुरी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आइतबार हुने उपनिर्वाचनको मौन अवधिमा नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ ।

उपनिर्वाचनको मौन अवधिमा सम्मेलन र भेला गरी कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार कांग्रेसविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो ।

कांग्रेसले ग्रामथान गाउँपालिका-६ मा शनिबार बिहान काँग्रेसले भेला र सम्मेलन गरेको रास्वपाको आरोप छ ।

ग्रामथानमा भएको भेलामा नेपाली कांग्रेस नेता गुरुराज घिमिरे सहभागी भएका थिए ।

निर्वाचनको अघिल्लो दिन मान्छे भेला पारेर सम्मेलन गरेको रास्वपाको आरोप छ ।

भेलामा कांग्रेस नेताहरू भेला भएको स्थानको भिडियो खिचेपछि कांग्रेसका कार्यकर्ताले रास्वपा कार्यकर्तालाई हातपातसमेत गरेका थिए ।

रास्वपाबाट आध्यक्षका उम्मेदवार नविन विश्वासले मौन अवधिको समयमा आफ्नो घरनजिकै कांग्रेसले भेला गरेपछि उजुरी गरेको बताए ।

भेलाको भिडियो खिच्न खोज्दा आफ्नो पार्टीका सदस्यमाथि हातपात भएको उनको भनाइ छ ।

भेलाको फोटो भिडियो खिच्न खोज्दा पार्टीका सदस्य प्रकाश घिमिरेमाथि हातपात भएको उनले बताए ।

निर्वाचन आचारसंहिता लागेका बेला २०–२५ जना भेला भएर गतिविधि गर्नु आचारसंहिता विपरित हो भन्दा रास्वपाका सदस्यमाथि हातपात भएको विश्वासले बताएका छन् ।

घटनापछि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको उनले बताए ।

रास्वपा कार्यकर्ताले भेलाको समयमा कांग्रेसले पैसा पनि बाँडेको आरोप लगाएका छन् ।

कांग्रेस नेता घिमिरेले भने कुनै भेला र सम्मेलन नगरेको दावी गर्दै पार्टीको सम्पर्क कार्यालयमा बसिरहेको अवस्थामा २–३ जनाले भिडियो खिचेर लगेको जिकिर गरे ।

गत वर्ष नै भएको वडा सम्मेलनको व्यानर कार्यालयमा रहेको भन्दै घिमिरेले उम्मेदवारको कुनै प्रचारप्रसार झल्किने ब्यानर नरहेको र त्यस्तो कार्यक्रम पनि नगरेको बताए ।

ग्रामथापनको निर्वाचन अधिकृतको कार्यालयले रास्वपाको उजुरीपछि त्यसमाथि अनुसन्धान र कार्वाही सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित समय: शनिवार १५ मङ्सिर, २०८१, १९:४९:५५
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०