बूढीगंगामा राष्ट्रपति रनिङ सिल्ड सुरु

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा बुधबारदेखि गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र तेस्रो बृहत् प्रतिभा पहिचान कार्यक्रम सुरु भएको छ ।

बूढीगंगा-१ नरग्राम नमुना माध्यमिक विद्यालयको प्रांगणमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, पूर्वमन्त्री डिगबहादुर लिम्बू र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले उक्त प्रतियोगिताको उद्घाटन गरे ।

पालिकाको आयोजनामा आजदेखि मंसिर १५ गतेसम्म हुने प्रतियोगितामा बूढीगंगाका सामुदायिक र संस्थागततर्फका ३५ वटा विद्यालयका ८०० विद्यार्थीहरूले सहभागिता जनाउने छन् ।

खेलकुदतर्फ भलिबल, कबड्डी, कराते र एथलेटिक्समा स्पर्धा हुने छ भने चित्रकला, वक्तित्वकला, गायन र नृत्य विधामा स्पर्धा हुने छ ।

यो वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गराउने जिम्मेवारी नरग्राम माध्यमिक विद्यालयले पाएको छ ।

प्रतियोगिता आगामी मङ्सिर १५ गतेसम्म हुने नरग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश केसीले जानकारी दिए ।

प्रतिभा पहिचान अन्तरगतको कक्षा ६–८ हाम्रो संस्कृति हाम्रो पहिचान विषयमा वक्तृत्वकला र कक्षा ९–१२ लोक तथा आधुनिक गायन प्रतियोगिता पहिलो दिन भएको छ ।

हाम्रो सुन्दर विद्यालय कक्षा १–३ चित्रकला प्रतियोगिता, प्रतिभा पहिचानअन्तर्गतकै कक्षा ४–५ लोक नृत्य प्रतियोगिता बुधबार हुने आयोजक बुढीगंगा गाउँपालिकाका शिक्षा अधिकृत लक्ष्मी न्यौपानेले जानकारी दिइन् ।

खेलकुद प्रतियोगिताहरूमा भलिबल, कबड्डी, दौड ट्र्याक तर्फ, उफ्रने र फ्याँक्ने फिल्ड तर्फ र कराते हुनेछ । खेलहरू जनप्रिय माध्यमिक विद्यालय बाँसबारीमा हुने छ ।

प्रतिभा पहिचानका कार्यक्रमहरू नरग्राम माध्यमिक विद्यालयमा र खेलकुदका सबै प्रतियोगिताहरू जनप्रिय माध्यमिक विद्यालयमा हुने तथा पुरस्कार वितरण नरग्राम माविमा गर्ने कार्यक्रम तालिका रहेको गाउँपालिकाका अध्यक्ष जीतनारायण थापाले जानकारी दिए ।

पालिका आफैँले खेलकुदका कार्यक्रम गर्न बजेट विनियोजन गरेको उनले बताए ।

कुलतमा फस्दै गएका बालबालिका विद्यालयसम्म ल्याउन र खेलकुद प्रति आकर्षित गर्नको लागि अहिले २०० आर्थिक अवस्था कमजोर भएका विपन्न र दलित बालबालिकालाई कराँते प्रशिक्षणमा राखेको गाउँपालिकाले जनाएको छ । कार्यक्रमपछि उनीहरू विद्यालय नियमित आउन थालेको समेत थापाले जानकारी दिए ।

उपाध्यक्ष अमृताकुमारी गच्छदारले २०७५ देखि चुनौती र कठिनाइका बाबजुद पनि प्रतियोगिता गरिरहेको सुनाइन् ।

प्रदेश र संघीय सरकारले बजेट नदिएको परिस्थितिमा पनि तीन वर्षदेखि प्रतिभा पहिचान कार्यक्रम गरिरहेको उनको भनाइ छ ।

मोरङ व्यापार संघका पूर्वअध्यक्ष नवीन रिजालले विद्यार्थीहरूलाई हारबाट नआत्तिन आग्रह गर्दै जित र हारभन्दा पनि प्रतियोगितामा सहभागी हुनु नै ठुलो कुरा भएको सुनाए ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले शिक्षामा विभेद भइरहेको बताउँदै उक्त विभेद हटाउन सबै लाग्नुपर्ने सुनाए । कक्षाकोठा ज्ञानको तुलनामा बाहिरी ज्ञानले पनि विद्यार्थीको भविष्य उज्ज्वल हुने उनले बताए ।

पूर्वयुवा तथा खेलकुद मन्त्री डिगबहादुर बस्नेतले राष्ट्रपति रनिङ सिल्डका लागि बजेट छुट्याउनुपर्ने औंल्याए । आफ्नो कार्यकालमा बजेट छुट्याउन नपाएको र वर्तमान मन्त्रीले पनि छुट्याउन नपाएको उनको भनाइ छ ।

यस्तै, मन्त्री चौधरीले राष्ट्रपति रनिङ सिल्डमा सहभागी विद्यार्थीहरूलाई आउँदो राष्ट्रिय खेलकुदमा सहभागी हुन आग्रह गरे । विद्यालय र खेलकुद अन्तरसम्बन्धित हुने बताउँदै विद्यार्थीहरूलाई हरेक प्रतिस्पर्धामा सहभागी गराउन शिक्षक र अभिभावकलाई सुझाव दिए ।

नेपालमा अहिले भलिबल लिग र एनपिएल जस्ता अन्तर्राष्ट्रियस्तरको लिगहरू भइरहेको बताउँदै आगामी दिनमा कबड्डीको लिग गराउने योजना रहेको मन्त्री चौधरीको भनाइ छ ।

विद्यार्थीहरूले स्वागत नृत्य गरी आगन्तुकलाई मनोरञ्जन गरेका थिए ।

बूढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख सन्जीव न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: मङ्गलबार ११ मङ्सिर, २०८१, १४:०५:५७
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस
शुक्रबार ८ साउन, २०८३
घुससहित पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत
शुक्रबार ८ साउन, २०८३
सांसद्हरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार ८ साउन, २०८३
खैरो हेरोइनसहित चार जना पक्राउ
शुक्रबार ८ साउन, २०८३
प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०