झुम्का । सुनसरीको रामधुनी नगरपालिका झुम्कामा भारतीय नम्बरप्लेटको गाडीले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मंगलबार दिउँसो झुम्काको शिवचोक नजिक भारतीय नम्बर प्लेटको थार गाडीले सफारीमा ठक्कर दिँदा सफारी चालकको मृत्यु भएको हो ।
भारतीय युपी १६ इके १९८९ नम्बरको गाडीले प्रदेश १-०२-००४ ह ४३१५ नम्बरको सफारीलाई ठक्कर दिएको थियो ।्
जसमा सफारी चालक रामधुनी-९ मर्चैया निवासी सोनियाकुमारी चौधरी रहेको प्रहरीले जनाएको छ ।