ग्रामथान गाउँपालिका अध्यक्षका लागि एमालेका तुलसीले दर्ता गराए मनोयनयन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेका तुलसीराम विश्वासले मनोनयन दर्ता गराएका छन् ।

एमालेका नेता–कार्यकर्तासहित आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर विश्वासले मनोनयन दर्ता गराएका हुन् ।

३० वैशाख २०७९ को चुनावबाट निर्वाचित नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारूको निधनपश्चात ग्रामथानमा उपनिर्वाचन हुन लागेको छ ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमालेका प्रत्याशी विश्वासले उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्तापश्चात सञ्चारकर्मीसँग बोल्दै विश्वासले दुःखले निम्तिएको उपनिर्वाचनबाट निर्वाचित भएर बाँकी कार्यकाल सुशासनसहितको कार्यकाल चलाउनेमा दृढ विश्वास प्रकट गरे ।

साथै उनले ग्रामथान गाउँपालिकामा बेथिति हटाएर ग्राथानबासीका समस्याको निकास दिन सक्नेमा आफू विश्वस्त रहेको सुनाए ।

‘म ग्रामीण परिवेशमा भिजेको मान्छे हुँ, मैले यहाँको समस्यालाई नजिकबाट बुझेको छु,’ उनले भने, ‘ग्रामथान गाउँपालिकाका बेथिति हटाएर ग्रामथानबासीको समस्या निराकरण गर्नमा तल्लीन हुने छु । आशा छ, मतदाताले मलाई जिताउनुहुने छ ।’

तुलसी एमाले ग्रामथान गाउँ कमिटीका उपाध्यक्ष हुन् । ग्रामीण परिवेशमा हुर्किएर विदेशसमेतको अनुभव संगालेका विश्वासले केही दिनयता घरदैलो कार्यक्रम गर्दै मतदाताको सुझाव लिने काम गरिरहेका छन् ।

तुलसीको नेपाली कांग्रेसका बलराम सरदार र नेकपा माओवादी केन्द्रका नमोनारायण माझीसँग कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उनीहरूले पनि आजै मनोनयन दर्ता गराइसकेका छन् ।

ग्रामथानको नेतृत्व गर्न एकीकृत समाजवादीले दिलबहादुर विश्वकर्मा र एमाले छोडेका स्वतन्त्र उम्मेदवार नेमनारायण माझीले पनि मनोनयन दर्ता गराएका छन् ।

अब, उम्मेदवारको विरोधमा उजुरी दिन मंसिर ३ गते र उजुरीमाथि छानबिन मंसिर ४ गते गरिने बताइएको छ । उजुरीमाथिको छानबिनपछि उम्मेदवारको नामावली सोही दिन प्रकाशन गरिने भएको छ ।

ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । संघीयतापछिको पहिलो स्थानीय तहको निर्वाचनमा एमालेका शिवनारायण माझीले ग्रामथानको नेतृत्व गरेका थिए ।

तर, दुई वर्षअघि भएको निर्वाचनमा एमालेका शिवनारायण माझीलाई हराउँदै कांग्रेसका गच्छदार अध्यक्षमा निर्वाचित भएका थिए ।

१० माघ २०८० मा ब्रेन ह्यामरेज भएर थलिएका गच्छदारको गत असार ३ गते निधन भएको थियो । त्यसयता, उपाध्यक्ष गुणावतिदेवी थारूले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

प्रकाशित समय: आईतबार २ मङ्सिर, २०८१, १७:०१:१९
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०