पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं लगिँदै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । मानव तस्करको आरोप लागेका कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं लगिएको छ ।

पूर्वमन्त्री अधिकारी आइतबार दिउँसो विराटनगरस्थित निवासबाटै पक्राउ परेका हुन् ।

Advertisement

मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियासहितको टोलीले पक्राउ गरेको हो ।

निवासबाट विराटनगर विमानस्थल पुर्‍याइएका उनलाई केहीबेरमै काठमाडौंतर्फ लगिने एसपी चिमरियाले जानकारी दिए ।

पक्राउ परेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अधिकारीले अनुसन्धानलाई सघाउने बताएका छन् ।

‘कोही मान्छे कानुनभन्दा माथि हुँदैन, यसैले अनुसन्धानमा सघाएको हुँ र आगामी दिनमा पनि सहयोग गर्छु,’ उनले भने ।

मानव तस्करीको आरोप लागेका अधिकारी आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् ।

मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि अधिकारीमाथि अनुसन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो ।

पूर्वमन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ ।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए ।

उनीसँगै अन्य तीन जना व्यक्ति पनि जापान गएका थिए ।

तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।

स्वदेश फर्किएर उनले गत बुधबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०