नागरिक एफएमले गर्‍यो गायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जलीसभा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

नागरिक मिडिया प्रालिद्वारा सञ्चालित नागरिक एफएमले शुक्रबार श्रद्धाञ्जलीसभाको आयोजना गरेको हो ।

नागरिक मिडियाका प्रबन्ध निर्देशक एवम् पत्रकार अरविन्द मेहताको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभामा गायिका सिन्हालाई भावपूर्ण श्रद्धासुमन अर्पण गरिएको थियो ।

श्रद्धाञ्जली सभामा सहभागी सबैले शारदा सिन्हाको स्मरण गर्दै उनको अद्वितीय योगदानलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सभामा देवानगंज गाउँपालिका वडा नम्बर २ का अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि जगनारायण मेहताले गायिका सिन्हाले सांस्कृतिक रीतिरिवाजलाई गीतको माध्यमबाट सुन्दर जीवन दिएको भन्दै स्मरण गरे ।

उनले भने, “शारदा सिन्हाले हाम्रो विवाह संस्कारहरूलाई लोकगीतको माध्यमबाट सुन्दर जीवन दिइरहनुभएको छ। उहाँले सांस्कृतिक रीतिरिवाजलाई गीतको माध्यमबाट जिउँदो राख्न महत्वपूर्ण भूमिका खेल्नुभएकाे छ।”

यस्तै, कार्यक्रममा वक्ता भीममनन्दन शर्मा, रामसुन्दर मेहता, लक्ष्मण मेहता, मनमोहन यादव, विद्यानन्द मेहता, र राजु मेहताले पनि गायिका सिन्हाको योगदानको विषयमा बोले ।

उनीहरूले सिन्हाले लोकसंगीतको माध्यमबाट मैथिली र भोजपुरी संस्कृतिलाई उजागर गर्दै सांस्कृतिक धरोहरलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

कार्यक्रमको समापन गर्दै पत्रकार अरविन्द मेहताले भने, “शारदा सिन्हा केवल एक लोकगायिका मात्र नभएर गीतसंगीतको देवी हुनुहुन्थ्यो। उहाँले लोकगीतलाई उच्च स्थानमा पुर्याउँदै हामी सबैको सांस्कृतिक धरोहरलाई समृद्ध बनाउन प्रेरणा दिनुभयो ।”

गायिका शारदा सिन्हाको गीतहरूले मिथिला समाजको विभिन्न संस्कार र सांस्कृतिक विविधतालाई अमर बनाउँदै जनतामा आत्मीयता जगाएका छन् ।

उनले मैथिली र भोजपुरी लोकसंगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउँदै नेपाल र भारतको साझा सांस्कृतिक सम्पदामा महत्वपूर्ण योगदान पुर्‍याएकी छन् ।

उनका प्रसिद्ध गीतहरू विवाह, पर्ब, तथा धार्मिक अनुष्ठानमा आज पनि उत्तिकै सजीव रूपमा गाइन्छन्, जसले गर्दा उनलाई “लोकसंगीतको देवी” को रूपमा चिनिन्छ ।

मैथिली र भोजपुरी भाषामा आफ्ना लोकगीतहरूको माध्यमबाट समाजको मन जित्न सफल गायिका थिइन् ।

उनको योगदानलाई सम्मान गर्दै भारत सरकारले उनलाई ‘पद्म श्री’ र ‘पद्म भूषण’ जस्ता प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित गरेको थियाे ।

शारदा सिन्हाले लोकसंगीतको क्षेत्रमा नयाँ आयामहरू थप्दै मैथिली र भोजपुरी लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएकी छन् ।

प्रकाशित समय: शुक्रबार २३ कार्तिक, २०८१, २०:३७:०१
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०