संघ र प्रदेश सरकारले बजेट नदिँदा रंगेलीका अग्निपीडितको छाप्रमुनि नै बित्यो चाडपर्व

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको रंगेली नगरपालिका-३ स्थित बाबुसाहेब टोलीका सन्थाल समुदायले यसपालिको चाडपर्व छाप्रोमुनि नै बसेर बिताउनुपरेको छ ।

गत वर्षको चैत ४ गते भएको भीषण आगलागीमा परेर घर गुएका उनीहरूले दसैं, तिहार र छठ पर्वमा पनि छाप्रोमुनि नै बस्नुपरेको हो ।

Advertisement

सरकारले बजेट नपठाउँदा बाबुसाहेब टोलका अग्निपीडित २२ घरपरिवार अझै छाप्रो मुनि बसिरहेका हुन् । संघीय र प्रदेश सरकारले सुनिश्चित गरेको बजेट नपठाएका कारण उनीहरूले दुःखका साथ दैनिकी चलाइरहनु परेको छ ।

अग्निपीडित जंगली मुर्मुले घरमा बसेजस्तो नभएको बताउँदै दुःखले जीवनयापन चलिरहेको सुनाए ।

घर जलेपछि अविरल वर्षा र हावाहुरीसमेत खुला आकाशमुनि बसेर सामन गरेका आगलागी पीडितहरूले आवास निर्माणमा सहयोगका लागि अपिल गरेका थिए ।

जसअनुरूप, कुल पाँच लाखमा निर्माण हुने घरका लागि पूर्वशर्तअनुसार कोशी प्रदेश सरकारले २५ प्रतिशत खर्च ब्यहोर्ने सहमति भएको थियो ।

यस्तै, संघीय सरकारले ५० प्रतिशत र स्थानीय सरकारले २५ प्रतिशत खर्च ब्यहोर्ने सहमतिअनुसार काम सुरु भएको थियो ।

तर, कार्यविधिको अभाव देखाउँदै संघीय र प्रदेश सरकारले बजेट निकासा नगरेपछि रंगेली नगरपालिकालाई स्रोत जुटाउन थप चार महिना लागेको छ ।

जसले गर्दा समयमा घर हस्तान्तरण गर्न नसकेको रंगेली-३ का वडाध्यक्ष भरतकुमार प्रसाईंले बताए ।

स्रोत सुनिश्चित भएको भए असारअघि नै अग्निपीडितलाई नयाँ घरमा सारिसक्ने भए पनि संघ र प्रदेश सरकारबाट धोका भएको वडाध्यक्षको गुनासो छ ।

हाल घर निर्माणका लागि ह्याविटास र लुथरन वल्र्ड फेडेरेसनले सहयोग गरिरहेका छन् ।

नगरले प्रति घर ५० हजार, ह्याविटासले प्रतिघर १ लाख ५० हजार, संघीय सांसदको जनता आवास कार्यक्रमबाट जस्तापाता र नगरको विपद् कोषबाट केही रकम व्यवस्थापन गर्ने गरी घर निर्माण सुरु भएको छ ।

९० प्रतिशत काम सकिएको छ । शीत लहरभन्दा अघि नै अग्निपीडितलाई नयाँ घरमा सार्ने गरी काम भइरहेको वडाध्यक्ष प्रसाईंको भनाइ छ ।

यस्तै, नेकपा एमाले रंगेली नगर समितिले घर निर्माणका लागि तीन लाख ६५ हजार ३ सय ४० रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

नगरपालिकाले बस्ती पुनर्निर्माणका लागि सर्वसाधारणसँग क्युआर कोडबाट गरेको सहयोग आह्वानमार्फत ६ लाख १५ हजार रुपैयाँ नगद संकलन भएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०