विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-५ भौसाबारीमा शुक्रबार सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
हिजो दिउँसो २ बजेतिर कानेपोखरी-रंगेली सडक खण्डमा कानेपोखरीबाट रंगेली जाँदै गरेको प्र.१-०२-०४७ प ४४९५
नम्बरको मोटरसाइकलले सोही दिसातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा साइकलयात्री कानेपोखरी-१० बस्ने २६ वर्षीय रोजिना चौधरीको दाइने खुट्टा र बाया हात अनि अनुहारमा चोट लागेको छ ।
सामान्य अवस्थाका उनलाई उपचारको लागि विराट नर्सिङ होम विराटनगर ल्याइएको छ ।
मोटरसाइकल चालक कानेपोखरी-२ राजगढका २६ वर्षीय अर्जुन पराजुली, मोटरसाइकलमा पछाडि सवार ५५ वर्षीय जनक नेपाल र मोटरसाइकलमा सवार जनक नेपालकी छोरी १७ वर्षीय मिस्मा नेपाल घाइते भएका हुन् ।
मोटरसाइकलमा सवार तीनै जनालाई उपचारको लागि आर्या न्युरो अस्पताल विराटनगर ल्याइएको छ ।