रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ४ कार्तिक, २०८१
२ वर्षअघि

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थप तीन दिन हिरासतमा रहनेभएका छन् ।

सहकारी ठगीको आरोपमा शुक्रबार पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आइतबार म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको थियो ।

लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा छ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

अब कास्की प्रहरीले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा लामिछाने पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो ।

उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा पुर्‍याइएको थियो ।

संसदीय छानबिन विशेष समितिले सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको औँल्याउँदै आवश्यक छानबिन र कारबाही गर्न सिफारिस गरेको छ ।

प्रकाशित समय: आईतबार ४ कार्तिक, २०८१, १८:३०:२४
प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०