पूर्वमन्त्री भगवती चौधरीको पहलमा गरिब विपन्नलाई एक सय घर बनाइँदै

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३ कार्तिक, २०८१
२ वर्षअघि

सुनसरी । पूर्वमन्त्री भगवती चौधरीको पहलमा सुनसरीको गढी गाउँपालिकामा गरिब, विपन्न र सुकुम्बासी परिवारलाई निःशुल्क घर बनाउने काम अगाडि बढेको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ की सांसद चौधरीको सक्रियतामा सो क्षेत्रका गरिब, विपन्न, र भूमिहिन नागरिकका हकमा निःशुल्क घर बनाइन लागिएको हो ।

Advertisement

चुची फाउण्डेसनले सो क्षेत्रका गरिब, विपन्न नागरिकका लागि निःशुल्क घर बनाइदिने प्रस्ताव ल्याएकोमा गढी, बर्जु, इनरुवा नगरपालिकाले सैद्धान्तिक सहमति प्रदान गरेका थिए ।

चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदै गर्दा फाउण्डेसनले देशका विभिन्न क्षेत्रमा रहेका गरिब, विपन्नहरूलाई सुरक्षित आवास निर्माणको परियोजना ल्याएको थियो ।

सो क्रममा सुनसरी जिल्लाकै अति पिछडिएको क्षेत्रका रूपमा रहेको बर्जु र गढी गाउँपालिकामा पनि सुरक्षित आवास परियोजना सञ्चालन गर्ने प्रस्ताव अनुरूप सुनसरी ३ नम्बर क्षेत्रभर एक सय घर निर्माणको सम्झौता भएको थियो ।

सम्झौताअनुसार पहिलो चरणमा गढी गाउँपालिकामा ४० घर तथा इनरुवा नगरपालिकाको वडा नं. ७ चाँदवेलामा ३० घर निर्माण गरिने छ ।

बिहीबार परियोजना तत्काल सूचारु गर्न गढी र चाँदवेलामा स्थानीयहरुसँग समेत बृहद् छलफल भएको थियो ।

छलफलमा सांसद चौधरीले आफ्नो चुनाबी बाचा नुसार क्षेत्रको विकासमा गम्भिरतापूर्वक लागेको भन्दै स्थानीयहरूले प्रशंसा पनि गरे ।

सो क्रममा बोल्दै सांसद चौधरीले आफ्नो क्षेत्रको विकास र जनताका लागि आफू सदैव क्रियाशील रहने बताइन् ।

राजनीतिमा लाग्दा आफूले जनताको विकास कसरी हुन्छ भन्नेमा सोच बनाएको उनको भनाइ छ ।

एक वर्षभित्र सुनसरी क्षेत्र नं. ३ का एक सय घर परिवारलाई सुरक्षित आवास निर्माण गर्ने यो परियोजना गढी, बर्जु, इनरुवा ७, इटहरी उपमहानगरपालिकाको सुकुम्बासी क्षेत्र र दुहवी नगरपालिका अन्तरगतका सुकुम्बासी वस्तीमा सञ्चालन हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०