काभ्रे । काभ्रेको पनौतीका बाढी र पहिरो प्रभावित बासिन्दालाई ड्रोनको सहायताले राहत वितरण गरिएको छ ।
भौगोलिक विकटताका कारण खाद्यान्नलगायतको सामग्री लैजान नसक्ने र प्रभावित क्षेत्रका बासिन्दा राहत लिन आउन नसक्ने अवस्थामा सहजै राहत सामग्री पुर्याएको छ ।
पहिरो प्रभावित ८५ घरधुरीका लागि चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइएको हो ।
हिँडेर राहत लिएर जाने अवस्था नदेखेपछि ड्रोनको माध्यमबाट राहत पठाइएको हामी नेपाली संस्थाका प्रतिनिधि सुदन गुरुङले बताए ।