विपत्तिकै बेला किन चर्को भाडा असुल्छन् वायुसेवा कम्पनी ?

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ असोज, २०८१
२ वर्षअघि

विराटनगर । अविरल वर्षाले सडक यातायात अवरुद्ध भएपछि हवाई उडानमार्फत उपत्यकाबाहिर जाने एक मात्र विकल्प हवाईमार्ग हो । तर, यसलाई वायुसेवा प्रदायकले भने मौकाका रूपमा लिएका छन् ।

हुन त हरेक दसैंमा सर्वसाधारणको यात्रा गतिविधि बढ्ने भएकोले आकाश मार्गसम्म बढ्ने गरेको छ ।

Advertisement

विगतका वर्षहरू जस्तै यो वर्ष पनि हवाई टिकेट दसैंको लागि माग बढ्ने हुँदा वायुसेवा कम्पनीले सोहीअनुसार भाडा पनि बढाइरहेका हुन्छन् ।

अन्य समयमा सस्तो टिकट बेच्ने वायुसेवा कम्पनीहरू दशैंका लागि सस्ता हवाई बन्द गरेर महँगो मात्रै बिक्री गरेर बस्छन् ।

तर, दसैंकै बेला भए पनि यसपालि परिस्थिति भने फरक छ । प्रकोपका कारण राजमार्ग भएका बेला मौका छोपेर वायुसेवा प्रदायकले टिकट बिक्रीमा दोब्बर मूल्य असुलिरहेका छन् ।

वायुसेवा कम्पनीले सामान्य मानवीय व्यवहारको समेत ख्याल नगरी चर्को भाडा असुलिरहेका छन् ।

लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध भएको बेलामा हवाई भाडा नबढाउन सरकारले आग्रह गरे पनि वायुसेवा कम्पनीले अटेर गरिरहेका छन् ।

विपत्तिको समयमा यात्रुहरूसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुपर्नेमा उल्टै दोब्बर भाडा असुल्न थालेको गुनासो चौतर्फी आएपछि सामाजिक अभियन्ता अभिषेक गिरीले सक्रियता देखाएका छन् ।

गिरीले शुक्रबार दिउँसो विराटनगर विमानस्थलमा रहेका विभिन्न वायुसेवा प्रदायक कम्पनीहरूको कार्यालय तथा विमानस्थल प्रशासनमा अनुगमन गरेका हुन् ।

गिरीले विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीलाई भेटेर बढी भाडा तिरेको प्रमाण बोकेर यात्रु विमानस्थल प्रशासन आइपुगेमा त्यस्ता प्रदायकमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

‘मलाई फोन गरेर वा भेटेरै धेरै यात्रुले गुनासो पोखिरहेका छन्,’ उनले भने, ‘गाडीबाट आउन नसक्ने परिस्थितिका कारण हवाई मार्गको प्रयोग गर्न बाध्य रहेका त्यस्ता यात्रुलाई एयरलाइन्स कम्पनीले लुटिरहेका छन् । विमानस्थल प्रशासन र सरोकारवाला निकाय मौन छ ।’

यता, विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले सरकारले तोकेको अधिकतम् भाडाभन्दा धेरै तिर्नुपरेको गुनासो नआएको बताए ।

अनलाइन सिस्टमबाट टिकट बिक्री हुने भएकाले अनलाइनमा स्वीकृत भाडाभन्दा धेरै राखिएको पाइएमा कारबाही हुने पनि उनको भनाइ छ ।

‘सडक अवरुद्ध हुँदा हवाई चाप बढेको छ, जसका कारण टिकट नपाउने समस्या आउनु स्वभाविक नै हो,’ उनी भन्छन्, ‘तर, दोब्बर पैसा तिरेर टिकट काट्नुपरेको भन्दै निवेदन भने यहाँ आइपुगेको छैन । यस्तो पाइएमा एयरलाइन्स कम्पनीलाई कारबाही गर्छौं ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०