विराटनगरमा ट्रकले ठक्कर दिँदा वृद्ध उमेरका साइकलयात्रीको मृत्यु, ट्रक छोडेर भागे चालक

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ असोज, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिकामा ट्रकले ठक्कर दिँदा वृद्ध उमेरका साइकलयात्रीको मृत्यु भएको छ ।

विराटनगर-१८ स्थित आइसिपीनजिकै बिहीबार साँझ ६ः४५ बजेतिर ट्रकको ठक्करबाट स्थानीय ६० वर्षीय श्याम साहको मृत्यु भएको हो ।

Advertisement

विराटनगरबाट आइसिपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो ।

तर, साहलाई अस्पताल पुर्‍याइएको भए पनि ७ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि तत्काल फरार रहेका ट्रक चालकको खोजीमा प्रहरी जुटेको छ ।

यता, यस बाटोमा बारम्बार दुर्घटना भइरहेको भन्दै स्थानीयले महानगरप्रति असन्तुष्टि जाहेर गरेका छन् ।

यही बाटोको प्रयोगबाट भन्सारले करोडौंको राजश्व संकलन गरे पनि बाटोमा ट्राफिक चिन्ह र सडक बत्ती नरहेपछि राति दुर्घटना हुनेगरेको स्थानीय हमिद आजाद बताउँछन् ।

‘यो बाटोमा चाँडोभन्दा चाँडो पोल जडान गरी लाइटहरूको जडान हुन आवश्यक छ,’ उनी भन्छन्, ‘यो महानगरको सौन्दर्यकरणको बजेट बरू अब यस बाटोमा लगाई झिलिमिली बनाई आगामी दिनहरूमा दुर्घटनाहरूबाट बचाउन सकिन्छ ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०