केराबारीमा क्रसरले खनेको खाल्डोमा परेर नाबालक दाजुभाइको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ असोज, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको केराबारी गाउँपालिकामा क्रसर उद्योगले खनेको खाल्डोमा परेर नाबालक दाजुभाइको ज्यान गएको छ ।

केराबारी-८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर बिहीवार भुपेन चौलागाईँ र रामचरण चौलागाईँको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार दाजु भूपेन १० वर्षका तथा भाइ रामचरण ६ वर्षका थिए ।

मृत फेला परेका नाबालकका बुवा तोयानाथ चौलागाईँ त्यही क्रसरका कामदार थिए ।

पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा रामचरणको शव भेटिएको थियो । रामचरणको शव स्थानीयले निकालेर प्रहरीलाई बुझाएका थिए ।

लगत्तै उनको शव प्रहरीले पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

खोजी गर्ने क्रममा रामचरणका दाजु भुपेनको शवसमेत त्यही खाल्डोमा भेटिएको थियो ।

आफन्तले भुपेनको शव भने बिहीबार रातिसम्म निकाल्न दिएका छैनन् । उनीहरूले छानबिन गर्नु पर्ने माग राखेर शव निकाल्न नदिएको प्रहरीले जनाएको छ ।

एसपी कार्की अनुसार पौडी खेल्न खाल्डोमा पसेका बालक बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान छ ।

उक्त क्रसर केराबारी गाउँपालिका पूर्वअध्यक्ष रोहित कार्कीसहित रोशन सुब्बा, विशाल खरेललगायतले सञ्चालन गरेको स्थानीयले बताएका छन् ।

प्रकाशित समय: बिहिबार १७ असोज, २०८१, २१:३१:१९
हरिनगरका ५० भन्दा बढी नागरिक बने विपद् योद्धा
शुक्रबार ११ ब‌ैशाख, २०८३
क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
झ्यालमा समस्या देखिएपछि बुद्ध एयरको उडान रद्द
शुक्रबार ११ ब‌ैशाख, २०८३
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
शुक्रबार ११ ब‌ैशाख, २०८३
मोरङमा ‘स्वीप अपरेशन’ : ७२ जना नियन्त्रणमा
शुक्रबार ११ ब‌ैशाख, २०८३
१०-१५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबास मिलाउने
शुक्रबार ११ ब‌ैशाख, २०८३
सुकुम्वासीलाई १५ दिनभित्र उचित व्यवस्थापन गर्ने तयारी
शुक्रबार ११ ब‌ैशाख, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई मन्त्रालय तानियो
शुक्रबार ११ ब‌ैशाख, २०८३
ट्रम्पको विवादास्पद अभिव्यक्तिले भारत–अमेरिका सम्बन्धमा तनाव
शुक्रबार ११ ब‌ैशाख, २०८३
अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउँदै
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०