दुहबीमा अनधिकृत बस्ती हटाएर खाली गरिएको ठाउँमा चारतले ब्यापारिक भवन बन्ने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ असोज, २०८१
२ वर्षअघि

दुहबी । सुनसरीको दुहबी नगरपालिकामा अनधिकृत बस्ती हटाएर खाली गरिएको ठाउँमा चारतले ब्यापारिक भवन बन्ने भएको छ ।

दुहबी-५ मा बिहीबार उक्त बहुउद्देश्यीय ब्यावसायिक भवनको शिलान्यास भएको हो । नयाँ बन्ने भवन बेस मेन्ट पार्किङसहित चार तलाको बन्ने छ ।

वर्षातका बीच नगर प्रमुख वेदनारायण गच्छादारले धार्मिक अनुष्ठानका साथ उक्त बहुउद्देश्यीय ब्यापारिक भवनको शिलान्यास गरे ।

दुहबी नगरपालिकाले गत वर्षको वैशाख ५ गते ७० वर्षदेखि अनधिकृत रूपमा नगरपालिकाको स्वामित्व रहेको जग्गा ओगटेर बनेका अवैध घर-टहरा भत्काएर खाली गरेको थियो ।

दुहबीलाई सुन्दर र आधुनिक बजारको रूपमा विस्तार गर्न बहुआयामिक भवन निर्माण गर्ने सोचले नगर प्रमुख गच्छादारले ठुलै आँट र हिम्मतका साथ दर्जनौं डोजर प्रयोग गरी टहरा खाली गराएका थिए ।

क्रमशः उनले नगर पालिकाको सार्वजनिक सम्पत्ति ब्यक्तिले भोग गर्नुभन्दा आम जनताको सम्पत्ति होस् र हरेक नगरबासीले कुनै न कुनै माध्यमले उपयोग गर्न पाउन् भन्ने उद्देश्यले बाँकी रहेका तीनवटा प्लट पनि खाली गराएका थिए ।

खाली प्लटमध्ये पहिलो खाली प्लटमा दुहबी बहुउद्देश्यीय ब्यापारिक भवनको कन्सेप्ट लिएर तत्काल डिपिआर गरिएको थियो ।

घर टहरा खाली गराएको एक वर्ष नपुग्दै गत वर्षको चैत्र ४ गते नगर विकाष कोषका सिइओ कृष्णप्रसाद सापकोटा र दुहबी नगरपालिकाबीच ६०/४० सहलगानीका लागि सम्झौता भएको थियो ।

सम्झौतामा अनुमानित लागत ३२ करोड ८४ लाख २९ हजार रहेको भएता पनि ठेक्का प्रक्रियामा एसोसियट जिक्याम बैकुन्ठ जेभी ललितपुरले भ्याट र कन्टिजेन्सीसहित २० करोड २ लाख ८७ हजार ९७ रुपैया ७४ पैसामा असोज ८ गते सम्झौता गरेको थियो ।

सम्झौतामा २०८३ साल असोज १० गते निर्माण सम्पन्न गरिसक्नु पर्ने उल्लेख छ ।

भवनको शिलान्यासपछि बोल्दै नगर प्रमुख गच्छादारले अरूको रिस डाहा र इर्ष्याले आफू स्वयमलाई सिध्याउनसक्ने हुँदा नकारात्मक होइन सकारात्म्क सोचले अगाडि बढे हरेक सफलता मिल्ने र समग्र दुहबीले परिवर्तनको मुहार फेर्न सक्ने बताए ।

दुहबीलाई ‘डेथ सिटीबाट लाइभ सिटीमा’ बदल्न सिंगो नगरबासी, युवापिँढी र बुद्दिजीवीहरूले सोच परिवर्तन गर्न अब ढिला गर्नु नहुने उनको भनाइ छ ।

उनले दुहबी बहुउद्देश्यीय सपिङ कम्प्लेक्स शिलान्यास गर्न पाउँदा आफूमात्र नभएर समग्र दुहबीबासीमा खुशी छाएको विश्वास गरेका थिए ।

उनले बिल्डअप एरियाका कारण दुहबीको कोशी मार्ग साघुँरो भएकोले बजारको दुर्दशा भएकोले यसलाई चौंडा बनाउन अदालात नगई सहजीकरण गरिदिन बजारबासीलाई आग्रह गरे ।

उपप्रमुख मेनुका खतिवडाले बाल्यकालदेखि नै सुन्दै आएको पूर्वकै पुरानो बजार र ठुलो बजार अहिले कुरुप र शून्य लाग्ने अवस्था आउनु आधुनिकीकरणको उपयोग नगर्नु कारक रहेको बताइन् ।

वडा नम्बर ५ का अध्यक्ष रमेश रौनियारले बजार विस्तार र सुन्दर अनि बृहत् दुहबी निर्माणमा केही ब्यक्ति मुख्य बाधक रहेको बताए ।

तथापि, कालान्तरमा त्यस्ता ब्यक्तिलाई बजारबासीले पनि नङ्याउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

प्रकाशित समय: बिहिबार १७ असोज, २०८१, १९:३३:५२
झ्यालमा समस्या देखिएपछि बुद्ध एयरको उडान रद्द
शुक्रबार ११ ब‌ैशाख, २०८३
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
शुक्रबार ११ ब‌ैशाख, २०८३
मोरङमा ‘स्वीप अपरेशन’ : ७२ जना नियन्त्रणमा
शुक्रबार ११ ब‌ैशाख, २०८३
१०-१५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबास मिलाउने
शुक्रबार ११ ब‌ैशाख, २०८३
सुकुम्वासीलाई १५ दिनभित्र उचित व्यवस्थापन गर्ने तयारी
शुक्रबार ११ ब‌ैशाख, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई मन्त्रालय तानियो
शुक्रबार ११ ब‌ैशाख, २०८३
ट्रम्पको विवादास्पद अभिव्यक्तिले भारत–अमेरिका सम्बन्धमा तनाव
शुक्रबार ११ ब‌ैशाख, २०८३
अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउँदै
शुक्रबार ११ ब‌ैशाख, २०८३
नेपालले सीमाबाट १०० रुपैयाँको सामानमा भन्सार तिर्नुपर्छ भनेपछि भारतले दियो यस्ताे प्रतिक्रिया
शुक्रबार ११ ब‌ैशाख, २०८३
सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष बैंकिङ कसुरको मुद्दामा पक्राउ
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०