कसले हान्यो कोशी प्रदेशकी राज्यमन्त्री राईको गाडीमा ढुंगा ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ असोज, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सिर्जना राई सवार गाडीमा आक्रमण भएको छ ।

उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिबारे बुझ्न गएकी राई सवार गाडीमा मंगलबार राति ढुंगा प्रहार भएको हो ।

बाढी पहिरो पछिको अवस्था र राहत तथा उद्धारको विषयमा अनुगमनमा पुगेको राज्यमन्त्री राईको टोलीलाई उदयपुरमा अज्ञात समूहले ढुंगा प्रहार गरेको हो ।

भोजपुरको निर्माणाधीन मोटेरेवल चुहार पुल, एखुवा खोला पुल, अविरल वर्षातको कारण क्षतिग्रस्त चुहारको झोलुंगे पुल, जोगेपाथर घारे झोलुंगे पुल, बाक्सीखोप झोलुंगेपुलको अवलोकन गरेर फर्किने क्रममा मन्त्री राई सवार गाडीमा ढुंगा प्रहार भएको हो ।

प्रदेश १ – ०४- ००१ झ ००३२ नम्बरको गाडीमा उदयपुरको बेलका नगरपालिका वडा नं. ८ सिरवानी माथीको लिफ्टिङ् खानेपानी ट्याङ्की मुनि बिग्रेको टर्नीङमा बेलुकी १० बजे अज्ञात समूहले ढुंगा हानेको मन्त्री राईले बताइन् ।

आक्रमणका लागि हतियारसहित आएका समूहको हाउभाउ र हातहतियार हेर्दा गाडी रोकिएको भए ज्यान नै तलमाथि हुन सक्ने उनको अनुमान छ ।

घटनाका विषयमा अनुसन्धान थालिएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

प्रकाशित समय: बुधबार १६ असोज, २०८१, २०:०८:३९
मोरङमा ‘स्वीप अपरेशन’ : ७२ जना नियन्त्रणमा
शुक्रबार ११ ब‌ैशाख, २०८३
१०-१५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबास मिलाउने
शुक्रबार ११ ब‌ैशाख, २०८३
सुकुम्वासीलाई १५ दिनभित्र उचित व्यवस्थापन गर्ने तयारी
शुक्रबार ११ ब‌ैशाख, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई मन्त्रालय तानियो
शुक्रबार ११ ब‌ैशाख, २०८३
ट्रम्पको विवादास्पद अभिव्यक्तिले भारत–अमेरिका सम्बन्धमा तनाव
शुक्रबार ११ ब‌ैशाख, २०८३
अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउँदै
शुक्रबार ११ ब‌ैशाख, २०८३
नेपालले सीमाबाट १०० रुपैयाँको सामानमा भन्सार तिर्नुपर्छ भनेपछि भारतले दियो यस्ताे प्रतिक्रिया
शुक्रबार ११ ब‌ैशाख, २०८३
सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष बैंकिङ कसुरको मुद्दामा पक्राउ
शुक्रबार ११ ब‌ैशाख, २०८३
थापाथलीमा सुकुमवासीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी
शुक्रबार ११ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन आज
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०