रंगेलीमा करको दरमा संशोधन, नगरप्रमुख भन्छन्- ‘कसैको दबाबमा होइन, नागरिकका लागि यसो गरियो’

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ असोज, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको रंगेली नगरपालिकाले घरजग्गा करका दरमा गरेको वृद्धिलाई संशोधन गरेको छ ।

मंगलबार सम्पन्न विशेष नगरसभापछि पत्रकार सम्मलेनका क्रममा नगर प्रमुख दिलिप बगडियाले वृद्धि गरेको करको दर घटाएर पुरानै दरलाई कायम गर्ने निर्णय गरेको जानकारी दिए ।

नगर प्रमुख बगडियाले आउँदो आफ्नो कार्यकालभर नगरपालिकाले कर वृद्धिसमेत नगर्ने घोषणा गरे ।

चालु आर्थिक वर्ष २०८१/०८२ का लागि सम्पत्ति करमा गरिएको वृद्धि परिमार्जन हुनुपर्ने भन्दै नेपाली कांग्रेसले आन्दोलन गरेको थियो ।

उक्त आन्दोलनले उग्र रूप लिँदा कांग्रेस कार्यकर्ताहरूले कर्मचारीमाथि कुटपिट गरेका थिए ।

रंगेली नगरपालिकले अस्वभाविक कर वृद्धि गरेको आरोप लगाउँदै कांग्रेसले नगरपालिकाको निर्णयविरुद्ध आन्दोलन नै गरेको थियो ।

आन्दोलनपछि राजनीतिक सहमतिमा ३३.८६ रुपैँया प्रतिकठ्ठा मालपोत करलाई २६ रुपैयाँ बनाउनु पर्ने माग नेपाली कांग्रेसले गरेको थियो ।

तर, आन्दोलनको एजेन्डालाई अस्वीकार गर्दै नगर परिषद्को बैठकले गत आर्थिक वर्षकै कर लागु गराउने निर्णय गरेको हो ।

बगडियाले आन्दोलनको एजेन्डा राजनीतिक दलको मात्रै भएकोले नागरिकका माग सम्बोधन गर्दै यस अगाडि लिँदै आएको दरमा फर्कने निर्णय गरेको जानकारी दिए ।

नगरपालिकाले भने २० रुपैयाँ नै कायम राख्ने निर्णय गरेको नगरप्रमुख बगडियाले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०८१/२०८२ का लागि नगरपरिषद्ले पास गरेको ३३.८६ रुपैयाँ प्रतिकठ्ठा करलाई आर्थिक वर्ष २०८०/२०८१ बमोजिम नै हुनेगरी संशोधन गरिएको छ ।

सिफारिस शुल्कलाई भने यथावत राखिएको छ ।

यसैगरी जग्गा नामसारी सिफारिस बिक्री प्रयोजन प्रतिकठ्ठा एक हजार दस्तुर सर्वसाधारणका लागि हटाइएको छ ।

यदि कसैले व्यवसायिक जग्गा कारोबार गर्ने भएको खण्डमा मात्रै यो दस्तुर लाग्ने प्रावधान राखिएको छ ।

यसैगरी बक्राहा, डाँस, चिसाङ, लोहन्द्रा खोला छेउ, उकास, तटीय (बगर) क्षेत्रमा व्यक्तिको बाली नलाग्ने अवस्थामा जग्गाको एक आर्थिक वर्ष पाँच रुपैयाँ प्रतिकठ्ठा लिइने छ ।

वडा समिति सर्जमिन गरेर त्यसको निर्णय गर्नुपर्नेछ । सर्जमिन गर्दाको दस्तुर भने नलाग्ने निर्णय गरिएको छ ।

यसैगरी जग्गा बिक्री, हक हस्तान्तरण, नामसारी, रजिस्ट्रेसनका लागि सिफारिस लिएको मितिसम्म काम सम्पन्न नभई सोही बमोजिम पुनः सिफारिस लिनुपर्ने भए त्यसको सक्कल कागजात पेस गर्दा शुल्क नलाग्ने निर्णय गरिएको छ ।

नम्बरी जग्गामा खर वा परालले बनाएको फुसको घरको कर नलाग्ने, नगरपालिका भित्र हुलाकी राजमार्ग उत्तर–दक्षिण, पूर्व–पश्चिम, कालोपत्रे, भित्री सडकहरु, ग्राभेल, र कच्ची सडकले छोएको जग्गामा तीन कठ्ठाको थ्रेसहोल्ड राखिएको छ ।

तीन कठ्ठा जग्गाको मालपोत सडकले छोएको आधारमा लिने र बाँकी जग्गाको हकमा खेतीयोग्य सरह लिने निर्णय भएको छ ।

सुकुम्वासीलाई घर कर निःशुल्क गरिएको छ ।

नयाँ व्यवसाय दर्ता गर्दा दर्ता तथा नवीकरण शुल्कसमेत लिँदै आएकोमा अब सम्बन्धित आर्थिक वर्षका दर्ता शुल्क मात्रै लिइने प्रावधान राखिएको छ ।

आन्तरिक आम्दानी न्यून रहेको र प्रदेश र संघ सरकारबाट समेत प्राप्त हुने अनुदान रकम पनि कटौती हुने गरेका कारण नगरपालिकाको विकास निर्माणका काममा समेत समस्या आउने गरेको उनको भनाइ छ।

नगर प्रमुख बगडियाले नगरपालिकाले वृद्धि गरेको कर मोरङकै अन्य पालिकाको भन्दा न्यून रहेको दाबी गरे । उनले कर वृद्धिको बाहना बनाएर विपक्षी दल कांग्रेसले अनावश्यक बखेडा झिकेको आरोप लगाए ।

प्रकाशित समय: मङ्गलबार १५ असोज, २०८१, २१:४९:२६
मोरङमा ‘स्वीप अपरेशन’ : ७२ जना नियन्त्रणमा
शुक्रबार ११ ब‌ैशाख, २०८३
१०-१५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबास मिलाउने
शुक्रबार ११ ब‌ैशाख, २०८३
सुकुम्वासीलाई १५ दिनभित्र उचित व्यवस्थापन गर्ने तयारी
शुक्रबार ११ ब‌ैशाख, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई मन्त्रालय तानियो
शुक्रबार ११ ब‌ैशाख, २०८३
ट्रम्पको विवादास्पद अभिव्यक्तिले भारत–अमेरिका सम्बन्धमा तनाव
शुक्रबार ११ ब‌ैशाख, २०८३
अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउँदै
शुक्रबार ११ ब‌ैशाख, २०८३
नेपालले सीमाबाट १०० रुपैयाँको सामानमा भन्सार तिर्नुपर्छ भनेपछि भारतले दियो यस्ताे प्रतिक्रिया
शुक्रबार ११ ब‌ैशाख, २०८३
सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष बैंकिङ कसुरको मुद्दामा पक्राउ
शुक्रबार ११ ब‌ैशाख, २०८३
थापाथलीमा सुकुमवासीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी
शुक्रबार ११ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन आज
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०