सीधाकुरा अडियो प्रकरण : पत्रकारद्वय ढुंगाना र कँडेललाई थुनामा पठाउने सर्वोच्चको फैसला

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ असोज, २०८१
२ वर्षअघि

विराटनगर । सर्वोच्च अदालतले ‘सीधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, डा नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासले आज गरेको फैसलामा पत्रकारद्वय ढुंगाना र कँडेललाई अदालतको अवहेलना ठहर गर्दै थुनामा पठाउने आदेश गरेको हो ।

पत्रकार ढुंगाना र कँडेलका हकमा उक्त अडियो आफैंले उत्पादन गरेको नभई अर्का प्रत्यर्थी राजकुमार तिमिल्सिनाले उत्पादन गरी ल्याइदिएको थियो ।

तर, सामग्रीको परीक्षण नगरी न्यायिक प्रक्रियामा अफवाह फैलाउने कार्य गरेको हुनाले जनही तीन महिना कैद सजाय हुने ठहर गरेको भए पनि पत्रकारद्वयले क्षमायाचना गरी पुनः नदोहोर्‍याउने लिखित प्रतिबद्धता गरेमा सात दिन मात्र थुनामा राखी बाँकी कैद निलम्बन गरिदिने फैसलामा उल्लेख छ ।

अदालतले लिएको बयानका क्रममा पत्रकारद्वयले अदालतको अवहेलना गर्ने नभई केवल प्राप्त सामग्री प्रकाशन गरेको फैसलामा छ ।

अदालतले राजकुमार तिमिल्सिनाले झुट्टा र काल्पनिक सामग्रीको उत्पादन गरी प्रसारण गर्नका लागि दिएको देखिँदा उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्राअनुसार ६ महिना कैद हुने ठहर गरेको छ ।

प्रकाशित समय: सोमबार १४ असोज, २०८१, १५:४९:०९

सम्बन्धित खबर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई मन्त्रालय तानियो

शुक्रबार ११ ब‌ैशाख, २०८३
४ minutes

ट्रम्पको विवादास्पद अभिव्यक्तिले भारत–अमेरिका सम्बन्धमा तनाव

शुक्रबार ११ ब‌ैशाख, २०८३
१४ minutes

अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउँदै

शुक्रबार ११ ब‌ैशाख, २०८३
१ घण्टाअघि

नेपालले सीमाबाट १०० रुपैयाँको सामानमा भन्सार तिर्नुपर्छ भनेपछि भारतले दियो यस्ताे प्रतिक्रिया

शुक्रबार ११ ब‌ैशाख, २०८३
२ घण्टाअघि

सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष बैंकिङ कसुरको मुद्दामा पक्राउ

शुक्रबार ११ ब‌ैशाख, २०८३
३ घण्टाअघि

थापाथलीमा सुकुमवासीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी

शुक्रबार ११ ब‌ैशाख, २०८३
३ घण्टाअघि
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई मन्त्रालय तानियो
शुक्रबार ११ ब‌ैशाख, २०८३
ट्रम्पको विवादास्पद अभिव्यक्तिले भारत–अमेरिका सम्बन्धमा तनाव
शुक्रबार ११ ब‌ैशाख, २०८३
अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउँदै
शुक्रबार ११ ब‌ैशाख, २०८३
नेपालले सीमाबाट १०० रुपैयाँको सामानमा भन्सार तिर्नुपर्छ भनेपछि भारतले दियो यस्ताे प्रतिक्रिया
शुक्रबार ११ ब‌ैशाख, २०८३
सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष बैंकिङ कसुरको मुद्दामा पक्राउ
शुक्रबार ११ ब‌ैशाख, २०८३
थापाथलीमा सुकुमवासीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी
शुक्रबार ११ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन आज
शुक्रबार ११ ब‌ैशाख, २०८३
थापाथलीमा सामान सार्दै बस्ती खाली गर्न थाले सुकुमवासी
शुक्रबार ११ ब‌ैशाख, २०८३
लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि र आजको यथार्थ
शुक्रबार ११ ब‌ैशाख, २०८३
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०