ग्रामथानमा ‘जुवाडे’ समात्ने खापुङ बने सर्वोत्कृष्ट प्रहरी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ असोज, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी जवान टीकाराज खापुङलाई २०८१ साल भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान खापुङलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो ।

Advertisement

उनले गत भदौ २९ गते मोरङको ग्रामथान गाउँपालिका-४ स्थितबाट जुवा खेल्ने नौ जनाको समूहलाई जुवाको खालबाट १६ थान कौडा र १८ लाख ४९ हजार ५ सय रुपैयाँसहित समातेका थिए ।

जुवाको अखडामा छापा हानेर मोरङ ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका नेकपा एमालेका नेता शिवनारायण माझीसहित नौ जनालाई प्रहरीले समातेको थियो ।

त्यसअघि उनी गत भदौ ६ गते सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थित कोशी लोकमार्गमा धनकुटाबाट आउँदै गरेको ट्रकमा ४४ वटा बोरामा रहेको १ हजार ४ सय २० किलोग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएका थिए ।

यसैगरी, उनले इटहरी उप-महानगरपालिका-१ स्थितबाट दुई सय ४३ किलो ५०० ग्राम तयारी गाँजा बोकेको कारसहित चालकलाई नियन्त्रणमा लिएका थिए भने भदौ १७ गते धरान-१३ निसाने स्थितबाट चारवटा बोरामा ९८ किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा लिएका थिए ।

सूक्ष्म रूपमा सूचना संकलन तथा निगरानी गरी अपराध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा प्रहरी जवान खापुङले गरेको उत्कृष्ट कार्यहरूको उच्च मूल्यांकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरेको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०