विराटनगरको हेरिटेजमा स्विमिङ प्रतियोगिता : साम्राज्य, गोविन्द, प्रियांशी र युनिशालाई गोल्ड मेडल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ बरगाछीस्थित हेरिटेज इन्टरनेसनल स्कुलले स्विमिङ प्रतियोगिताको आयोजना गरेको छ । हेरिटेज इन्टरनेसनल स्कलले कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूको फ्रिस्टाइल ५० मिटर स्विमिङ प्रतियोगिताको आयोजना गरेको हो ।

उक्त प्रतियोगिताअन्तर्गत फ्रिस्टाइल ५० मिट छात्रतर्फ कक्षा ७ का साम्राज्यजंग बस्नेतले पहिलो हुँदै गोल्ड मेडल भने कक्षा ७ का स्वयमराज घिमिरेले सिल्वर मेडल हात पार्दा कक्षा ४ का अर्चित शर्मा तेस्रो बने ।

फ्रिस्टाइल ५० मिटर छात्रतर्फको खुल्ला प्रतियोगिता कक्षा ७ का गोविन्दगोयल अग्रवालले स्वर्ण पदक जिते भने दोस्रो बनेका कक्षा ४ का आदर्श घिमिरेले रजत जिते । उक्त स्पर्धामा कक्षा ४ कै आराव यादवले तेस्रो हुँदै कांस्य पदक जिते ।

छात्रातर्फको फ्रिस्टाइल ५० मिटर खुल्ला प्रतियोगितामा कक्षा ६ कि प्रियांशी कार्कीले गोल्ड मेडल हासिल गर्दा कक्षा ७ कि मान्स्वी आचार्य दोस्रो बनिन् । ४ कक्षाकै मेषना श्रेष्ठले ब्रोन्ज मेडल हात पारिन् ।

यस्तै, फ्रिस्टाइल ५० मिटरमा छात्रातर्फको गोल्ड मेडल कक्षा ६ कि युरिशा पोखरेलले जितिन् भने कक्षा ४ कि जेनिशा घिमिरे दोस्रो हुँदा कक्षा ४ कै काश्वी अग्रवाल तेस्रो बनिन् ।

उनीहरूलाई स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले पदक र प्रमाणपत्रसहित पुरस्कृत गरे । प्रिन्सिपल बानियाँका अनुसार बिहीबार (भोलि) कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूको स्विमिङ प्रतियोगिता हुने छ ।

विराटनगरको उत्कृष्ट विद्यालयमध्येको एक हेरिटेजले पठनपाठनका अलाबा विभिन्नखाले अतिरिक्त क्रियाकलापहरू गराइरहेको छ । हालैमात्र उसले कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरूलाई महिनावारी, महिनावारीको समयमा हुने शारीरिक र भावनात्मक परिवर्तनहरू, महिनावारीको समयमा हुने गलत अभ्यासलगायत विषयमा सचेत गराएको थियो ।

विराटनगर नर्सिङ क्याम्पसकी सहायक प्राध्यापक पुनम मण्डलले सहजकर्ताको भूमिका निभाएकी उक्त कार्यक्रममा महिनावारीका विषयमा विद्यार्थीहरूका लागि सचेतनामुलक ‘सेसन’ चलाइएको थियो ।

प्रकाशित समय: बुधबार १९ भदौ, २०८१, २०:१४:४४

सम्बन्धित खबर

कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते

सोमबार ११ साउन, २०८३
२ घण्टाअघि

पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने

आईतबार १० साउन, २०८३
१७ घण्टाअघि

कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान

आईतबार १० साउन, २०८३
१८ घण्टाअघि

भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

आईतबार १० साउन, २०८३
१९ घण्टाअघि

किन स्थगित भयो गगन थापाको भारत भ्रमण?

आईतबार १० साउन, २०८३
२१ घण्टाअघि

इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन

आईतबार १० साउन, २०८३
२२ घण्टाअघि
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०