शिक्षादीप कलेजमा कविता प्रतियोगिता : मानसी पोखरेल भइन् प्रथम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–९ मा रहेको शिक्षादीप कलेजले कविता प्रतियोगिताको आयोजना गरेको छ । बिहीबार बिहान कलेजको सभाहलमा भएको कविता प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरूले कविता वाचन गरेका थिए ।

हरेक अगस्ट २९ अर्थात् आजको दिन मनाइने ‘Embrace a world free of nuclear weapons day’ लाई मध्येनजर गरी ‘शान्तिका लागि निश्शस्त्रीकरण’ शीर्षकमा कविता प्रतियोगिता गराइएको हो । कलेजका २५ सय विद्यार्थीहरूमध्येबाट पहिलो चरणको छनोटबाट ८० जनालाई कविता प्रतियोगितामा सहभागी गराइएको थियो ।

Advertisement

साहित्यकारहरू चुणामणि नेपाल ‘अकिंचन’, मीनकुमार नवोदित र कमलकिशोर श्रीवास्तवले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । तीन जनाको निर्णायक मण्डलीले उनीहरू सबैको कविता सुनेपछि कक्षा ११ विज्ञान संकायकी छात्रा मानसी पोखरेललाई प्रथम घोषणा गरेको थियो ।

यस्तै, इशान पौडेल, सिरिन भट्टराई, प्रतीक भट्टराईले दोस्रो स्थान हासिल गरे भने सम्पता रायमाझी, रितिक्षा भट्टराई, अपेक्षा राई, साम्राज्ञी बस्नेत तृतीय भए । यसैगरी, अफ्रिन खातुन, अमित पटेल, रोशनकुमार मण्डल, रमण मण्डल, मर्यादा भट्ट, प्रगति अधिकारी, सशन दाहाल र समीर साहले सान्त्वना पुरस्कार पाए ।

उनीहरूलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, निर्णायकत्रयलगायतले प्रमाणपत्रसहित पुरस्कृत गरे ।

कार्यक्रममा बोल्दै प्रतियोगिताका निर्णायक साहित्यकार मीनकुमार नवोदितले विद्यार्थीहरूले पठनपाठनका अलाबा सिर्जनात्मक बनेर अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्ने बताए ।

‘विद्यार्थीले सिर्जनशील बनेर सधैँभरि अगाडि सर्न जरुरी छ,’ उनले भने, ‘साहित्यतिर इच्छा जताउनु र सिर्जनशील बन्नुभनेको अमर पेसा अँगाल्नु हो ।’

यसैगरी कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले कविताका माध्यमबाट आफ्ना भावनाहरू पोख्न मिल्ने भएकाले पनि थकाहट हटाएर आनन्दपन ल्याउन प्रतियोगिताको आयोजना गरेको सुनाए ।

यसकारण पनि पहिलेदेखि नै साहित्यिक कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै उनले भावि दिनमा पनि निरन्तरता दिने सुनाए ।

‘कविता सुन्दा यति धेरै आनन्द आउँछ कि आफ्ना थकान मेटिन्छ,’ उनले भने, ‘कवितामार्फत् विद्यार्थीहरूले आफ्नो भावना पोख्न सक्नेछन्, मन शुद्ध बनाउने छन् । धेरै प्रतियोगी भएका कारण सबैलाई सहभागी गराउन सकेनौं । फेरि पनि यस्ता कार्यक्रम गरेर उनीहरूलाई मौका दिनेछौं ।’

कार्यक्रममा विज्ञान संकायका संयोजक नवीन रोय, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, कलेजका निर्देशक भुपेन्द्र दाहाल र रामचन्द्र अधिकारीसहित विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०