विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्ठमी मनाएको छ । स्कुलमा आइतबार (आज) एक कार्यक्रमको आयोजना गरेर जकनले कृष्ण जन्माष्ठमी मनाएको हो ।
बालकक्षाका विद्यार्थीहरूले विभिन्न भेषभुसा लगाएर राधा–कृष्णको नृत्य गरेर उपस्थित विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
हरेक वर्ष विशेष गरी भाद्रकृष्ण अष्टमी तिथिमा मनाइने कृष्ण जन्माष्टमीमा विविध कार्यक्रम गरी मनाइएको स्कुलका प्रिन्सिपल सुनील भगतले जानकारी दिए । यस्था कार्यक्रमले विद्यार्थीमा भएको क्षमतामा थप विकास हुने उनको भनाइ छ ।


