दमक । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई उचित परामर्श प्रदान गर्न झापाको दमकमा आध्या एजुकेसन प्रालि सञ्चालनमा आएको छ ।
वैदेशिक उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीहरुको सहजीकरणका लागि दमक-८ स्थित यूनिक कलेज रोडमा उक्त कन्सलटेन्सी सञ्चालनमा आएको हो ।
जनैपूर्णिमाको अवसर पारेर सोमबार दमक नगरपालिकाका प्रमुख राम थापाले कन्सलटेन्सीको उद्घाटन गरे । उनले कन्सलटेन्सीको उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।
दमकमा सञ्चालनमा आएको उक्त कन्सलटेन्सीले जापान, साउथ कोरिया, युके, अमेरिका, क्यानाडा, अष्टेलिया, फ्रान्स, जर्मनी र युरोपलगायतका मुलुकमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवश्यक एवम् उचित शैक्षिक परामर्श प्रदान गर्ने बताइएको छ ।
कन्सलटेन्सीमा आबद्ध अनुभवी युवाहरूको टिमको सहयोगले आफ्नो करियर छनोटमा विद्यार्थीहरूले उचित मार्गदर्शन प्राप्त गर्ने आध्या एजुकेसनका प्रबन्धक निर्देशक कमल पोखरेलले बताए ।
उनले कन्सलटेन्सीमा जापानीज र कोरियन भाषाका तयारी कक्षाहरसमेत सञ्चालन गरिने जानकारी दिए । कन्सलटेन्सीमा भने आइइएलटिएस र पिटिईका कक्षाहरूसमेत सुचारु हुने बताइएको छ ।