विराटनगर । समाजसेवी अभिषेक गिरीको संयोजकत्वमा कोशी सुधार अभियान गठन भएको छ । शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी कोशी सुधार अभियान गठित हुँदा गिरीलाई संयोजकमा चयन गरेको थियो ।
पाँच सय जनाभन्दा बढीको उपस्थितिमा विराटनगरको रामजानकी मन्दिरको हलमा गरिएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो, एकीकृत समाजवादीका केन्द्रीय सदस्य ओसिम आलम तथा अभियानकै सभापति अभिषेक गिरी लगायतले दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै सभापति गिरीले सार्वजनिक तथा निजी अस्पताल सुधार, सामुदायिक विद्यालय सुधार, सार्वजनिक सम्पत्तिको संरक्षण, स्वदेशमै रोजगारी, सरसफाइ अभियान, कोशी अस्पताल सुधार अभियान, वृक्षारोपण अभियान, प्राकृतिक प्रकोप उद्दारमा हरहमेशा खटिएर कोशी सुधार अथियान गठन गरिएको बताए ।
गिरीले समाजका सबै कुराहरूलाई सुधार गर्नका लागि र स्वास्थ्य शिक्षाको पहुँचमा नभएका व्याक्तिहरूलाई सहज होस् भनेर कमिटी गठन गरिएको बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोले अभिषेक गिरीले गरेको कार्य सह्रानीय भएको र अब युवाहरू जाग्नुपर्ने दिन आएको बताए ।
यसैगरी, विशिष्ठ अतिथिका रूपमा रहेका नेकपा एसका केन्द्रीय सदस्य ओसिम आलमले कोशी सुधार अभियानमार्फत् अभिषेक गिरीले राम्रो कार्य गर्न खोजेको र आफ्नो पूर्ण सहयोग रहने बताए ।