विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ पिपल चोकमा दिनहुँजसो दुर्घटना हुने गरेको छ ।
गत बुधबारमात्र कारसँग ठोक्किँदा मोटरसाइकल चालकको बूढीगंगा गाउँपालिका-५ बस्ने अन्दाजी ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको थियो ।
उक्त दुर्घटना भएको २४ घण्टा नबित्दै बिहीबार साँझ ४:१५ बजेतिर सोही ठाउँमा कार र मोटरसाइकल एकापसमा ठोक्किएका छन् ।
कोशी लोकमार्गमा दक्षिणबाट आएर पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्र १-०४-००१ च ६३१ नम्बरको कारसँग
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र १-०१-०१६ प ८३४२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार झापाको गौरीगञ्ज बस्ने २७ वर्षीय सुशीला सोरेन घाइते भएकी छन् ।
बाँया खुट्टामा चोट लागेकी उनको हाम्रो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-१० का केशव दास उनको उपचारमा संलग्न रहेका छन् ।
प्रहरी चौकी बरगाछीले कार र कार चालक जहदा गाउँपालिका-३ का ३२ वर्षीय कृष्ण
राजवंशीलाई नियन्त्रणमा लिएको छ ।