ग्रामथान गाउँपालिका अध्यक्षका लागि उपनिर्वाचनको तयारी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ साउन, २०८१
२ वर्षअघि

विराटनगर । निर्वाचन आयोगले मोरङको ग्रामथान गाउँपालिकासहित ३२ स्थानीय तहमा उपनिर्वाचनको तयारी थालेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त रहेका ३४ पदका लागि उपनिर्वाचनको तयारी सुरु भएको जनाएको हो ।

Advertisement

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात विभिन्न कारणले रिक्त रहेका ३२ पालिकाका ३४ पदमा उपनिर्वाचन हुन लागेको हो ।

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, ओखलढुंगा र उदयपुरमा गाउँपालिका अध्यक्षसहित सात पद रिक्त रहेका छन् ।

ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उक्त पद रिक्त रहेको छ ।

यस्तै,  कन्काई नगरपालिका-६ को वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएको छ भने तेह्रथुमको लालीगुराँस नगरपालिका-८, सुनसरीको गढी गाउँपालिका-६ ओखलढुंगाको मोलुङ गाउपालिका-६, उदपयुरको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-८ का वडाध्यक्षका लागि उपनिर्वाचन हुने छ ।

आयोगले उपनिर्वाचनका लागि मतदाता नामावालीमा नाम दर्ता गर्न आह्वानसमेत गरेको छ ।

आयोगले आफूलाई पायक पर्ने प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फारामभरी नियमित रूपमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाएबमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०