लायन्स क्लब अफ विराटनगर एलिटको दन्त परीक्षण तथा दन्त स्वास्थ्य सचेतना कार्यक्रम

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २५ साउन, २०८१
२ वर्षअघि

विराटनगर । लायन्स क्लब अफ विराटनगर एलिटले नि:शुल्क दन्त परीक्षण तथा दन्त स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

‘नेपाल लायन्स डे’ को अवसर पारेर शुक्रबार आयोजना गरिएको सो कार्यक्रममा विराटनगर-१० स्थित वोमन्स क्रियसनमा संस्थाको संरक्षणमा रहेका पाँच वर्षदेखि १२ वर्षसम्मका ३५ जना बालबालिकाको दन्त परीक्षणसहित बाल बालिकाले आफ्ना दाँत कसरी स्वस्थ राख्न सक्छन् भन्ने सचेतनासमेत दिइएको छ ।

सेवा प्रदान गरिएका बाल बालबालिका घरेलु कामदार महिलाका छोरा-छोरी हुन् भने वोमन्स क्रियसन मारवाडी समुदायका स्वयमसेवी महिलाहरुको समूह हो । जसले, आफ्नो संरक्षणमा रहेका बाल-बालिकाको शिक्षा, अध्यात्मिक, योग अभ्यास एवं कला संस्कृतिको ज्ञानसमेत प्रदान गर्ने व्यवस्था मिलाएको छ ।

दन्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम प्राविधिक सहयोग विराटनगर ३, पानीटंकीस्थित नौलखा डेन्टल केयर एवम् डा. नुतन नौलखा र डा. रिंकी अग्रवालले गरेका थिए ।

सन् २०१८ मा स्थापना भई सामाजिक सेवामा समर्पित रहेको लायन्स क्लब अफ विराटनगर एलिट विराटनगरका प्रतिष्ठित चिकित्सक, उद्यमी-व्यवसायी, बीमा व्यवसायी र सामाजिक व्यक्तित्वको संलग्नता छ ।

आजको कार्यक्रममा डिसट्रिकट ३२५ –सी का गवर्नर लायन विकास अधिकारीको प्रमुख आथित्य, अन्य लायन प्रतिनिधिहरु, क्लबका सदश्यहरु, वोमन्स क्रियसनका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

सो अवसरमा डेन्टल केयर र क्लबको तर्फबाट दन्त स्वास्थ्य बारेमा सचेतनाको एवम् १४ जना बालबालिकालाई थप स्वास्थ्य सेवाको सुझावसहित ब्रस र मन्जनसमेत प्रदान गरिएको लायन्स क्लब अफ् विराटनगर एलिटकी प्रेसिडेन्ट लायन शकुन्तला भट्टराईले जानकारी दिइन् ।

प्रकाशित समय: शुक्रबार २५ साउन, २०८१, २२:१५:३९
लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि र आजको यथार्थ
शुक्रबार ११ ब‌ैशाख, २०८३
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
१० दिनपछि नेप्से २८०० मुनि, कारोबार पनि घट्यो
बिहिबार १० ब‌ैशाख, २०८३
विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण
बिहिबार १० ब‌ैशाख, २०८३
कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन
बिहिबार १० ब‌ैशाख, २०८३
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०