प्रतिकात्मक फोटो विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सडकमा रोकेर राखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार साँझ रोकेर राखेको ट्र्याक्टरमा भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक धनपालथान–७ का ४० वर्षीय विनोद बहरदारको मृत्यु भएको हो ।
विराटनगर–रंगेली सडकखण्डअन्तर्गत धनपालथान गाउँपालिका–६ गदिया पुलनजिक सडकमा रोकेर राखिएको प्रदेश १–०२–००३ त १२५५ नम्बरको ट्याक्टरमा पछाडिबाट बीआर ११ एच ७६६८ नम्बरको मोटरसाइकल साँझ ७:४५ बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा गम्भीर अवस्थाका बहरदारलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो । उपचारका क्रममा राति नै उनको मृत्यु भएको हो ।