विराटनगर । मोरङको जहदा गाउँपालिकामा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु भएको छ ।
जहदा गाउँपालिका-५ मा करेन्ट लागेर देवानन्द महतोको १५ वर्षीय छोरा भरत महतोको मृत्यु भएको हो ।
मंगलबार साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर लगिएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।