हलेसीमा दुई वटा हवन कुण्ड निर्माण, पूर्वमुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ साउन, २०८१
२ वर्षअघि

खाेटाङ । काेशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले हलेसी तुवाचुङ नगरपालिका-७ स्थित हलेसी महादेव मन्दिर परिसरमा नवनिर्मित दुई वटा हवन कुण्डकाे साेमबार उद्घाटन गरेका छन् ।

गत आर्थिक वर्षमा काेशी प्रदेश सरकारकाे पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतकाे पर्यटन विकास आयाेजनाकाे एक कराेड ४२ लाखकाे लागतमा हवन कुण्ड निर्माण भएकाे हलेसी तुवाचुङ नगर प्रमुख बिमला राईले बताइन् ।

फलामकाे पिल्लर र बिममाथि पटाहा र त्यसमाथि तामाकाे छाना राखेर हलेशी मन्दिरकाे दक्षिणतर्फ फराकिलाे र आकर्षक हवन कुण्ड निर्माण गरिएकाे हाे ।

स्थानीय ६० वर्षीया प्रमिला खत्रीले एकैपटक दुई वटा हवन कुण्डकाे निर्माणले रूद्री लगाउन, लाखबत्ती बाल्न, पूजा, हवनलगायतका कार्य गर्न सुबिधा थपिएकाे बताइन् ।

´यसअघि हलेसी महादेव भएकाे गुफाभित्रै रूद्री लगाउने, लाखबत्ती बाल्ने लगायतकाे पूजापाठ गर्नुपर्ने बाध्यता थियाे,` उनले भनिन्, ´पछिल्लाे समय हलेसी महादेवकाे दर्शन गर्न आउने भक्तजनकाे संख्या दिन प्रतिदिन बढ्दै गएकाले गुफाभित्र खुट्टा टेक्ने समेत ठाउँ नहुँदा रूद्री लगाउने, लाखबत्ती बाल्ने लगायतकाे पूजापाठ गर्ने अवस्था नभएकाे अवस्थामा हवन कुण्डले ठूलाे सुबिधा थपियाे ।`

पूर्वमुख्यमन्त्री कार्कीले हिन्दु, बाैद्ध र किरात तीन वटै समुदायकाे आस्थाकाे केन्द्र हलेशी महादेव भएकाले यसकाे व्यवस्थित विकास आवश्यक भएकाले प्रदेश सरकारले हवन कुण्ड निर्माण गरेर काम अघि बढाएकाे बताएका हुन् ।

´त्रीधार्मिक स्थलकाे रूपमा रहेकाे हलेसी महादेवकाे दर्शन गर्न संसारभरिबाट मानिस आउन थालेकाले त्यही हिसाबले संरचनागत विकास पनि आवश्यक भएकाे हाे,` उनले भने, ´हलेसी महादेव यस प्रदेशकाे प्रमुख पर्यटकीय स्थल भएकाेले यसकाे व्यवस्थित विकासमा तीन वटै तहका सरकारकाे समन्व्य अपरिहार्य छ ।`

हलेसी तुवाचुङ नगर प्रमुख राईले हलेसी पुग्ने सडक संरचनाका साथै पर्यटक आकर्षित गर्ने र सुबिधा हुने संरचनामा निर्माणका लागि माथिल्ला सरकारकाे गम्भीर ध्यानाकर्षण गराइन् ।

हलेसी महादेवकाे दर्शनका लागि गत आर्थिक वर्षमा एक लाख ८० हजार भक्तजन आएकाे मन्दिर व्यवस्थापन समितिले जनाए ।

नगर प्रमुख राईले चालू आर्थिक वर्षमा पाँच लाख पर्यटक भित्र्याउनले लक्ष्य रहेकाेले त्यही अनुसारकाे संरचना विकासमा सघाउन प्रदेश र संघ सरकारसँग माग गरिन् ।

प्रकाशित समय: सोमबार २१ साउन, २०८१, १४:२०:४३

सम्बन्धित खबर

कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते

सोमबार ११ साउन, २०८३
३ घण्टाअघि

पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने

आईतबार १० साउन, २०८३
१८ घण्टाअघि

कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान

आईतबार १० साउन, २०८३
१९ घण्टाअघि

भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

आईतबार १० साउन, २०८३
२१ घण्टाअघि

किन स्थगित भयो गगन थापाको भारत भ्रमण?

आईतबार १० साउन, २०८३
२२ घण्टाअघि

इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन

आईतबार १० साउन, २०८३
२३ घण्टाअघि
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०