प्रतिकात्मक तस्बिर विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ मा सोमबार राति सवारी दुर्घटना भएको छ ।
पिडारवणीबाट तेतरियातर्फ जाँदै गरेको मोटरसाइकलले पछाडिबाट स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
हिजो राति करिब ८:२५ बजे राधाकृष्ण पेट्रोल पम्प नजिकैको भित्री पक्की सडकमा यो दुर्घटना भएको हो ।
को २३ प २२९८ नम्बरको स्कुटरलाई प्रदेश १-०२-०४१ प ५४०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटर चालक ग्रामथान गाउँपालिका-५ की ५१ वर्षीया रेनुका चौधरीको पेट र दाहिने खुट्टामा चोट लागेको छ ।
उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको छ ।
मोटरसाइकल चालक मोरङ लेटाङ नगरपालिका-२ का ३५ वर्षीय विजय देवानको बायाँ खुट्टा र पेटमा चोट लागेको छ ।
उनको उपचार निरज मेडिकल तेतरियामा भइरहेको छ । दुवै घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिई प्रहरी चौकी झोराहाटमा राखेको छ ।
प्रारम्भिक अनुसन्धानले मोटरसाइकलको तीव्र गतिलाई दुर्घटनाको कारण मानेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हरैचाबाट लगभग १० किलोमिटर दक्षिणमा पर्दछ ।