मोटरसाइकलको ठक्करबाट सुनवर्षीमा पैदलयात्रीको मृत्यु, पक्राउ परे १५ वर्षीय बालक

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २७ असार, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-६ खिर्किडाँगीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी ५० वर्षीय सुरेन दास रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, राति करिब ८ बजे झपडतलबाट खिर्किडाँगीतर्फ जाँदै गरेको मोटरसाइकलले पैदल हिँडिरहेका दासलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका दासलाई प्राथमिक उपचारपछि थप उपचारका लागि कोशी अस्पताल बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

तत्काल नम्बर नखुलेको मोटरसाइकल लिएर चालक फरार भएपछि इलाका प्रहरी कार्यालय रंगेलीले खोजतलास थालेको थियो।

राति १२ बजेतिर प्रहरीले सुनवर्षी नगरपालिका-६ सरणपुरका १५ वर्षीय रुपेश दासलाई पक्राउ गरेको थियो। उनले चलाएको को १ प ६३४८ नम्बरको १२५ सिसी क्षमताको मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा छ।

दुर्घटनाको कारण खुलेको छैन। तर नाबालक चालकले मोटरसाइकल चलाएको र अँध्यारोमा सडक पार गर्दै गरेका पैदल यात्रीलाई नदेखेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

मृतकको शव रंगेली अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित समय: बुधबार २७ असार, २०८१, ०९:०३:५४

सम्बन्धित खबर

भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

आईतबार १० साउन, २०८३
१२ minutes

किन स्थगित भयो गगन थापाको भारत भ्रमण?

आईतबार १० साउन, २०८३
२ घण्टाअघि

इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन

आईतबार १० साउन, २०८३
३ घण्टाअघि

गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा

शनिवार ९ साउन, २०८३
२० घण्टाअघि

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने

शनिवार ९ साउन, २०८३
१ दिनअघि

इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी

शनिवार ९ साउन, २०८३
१ दिनअघि
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ
शनिवार ९ साउन, २०८३
घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ
शनिवार ९ साउन, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०