ग्रामथानमा तीव्र गतिको अटो ट्रकसँग जुध्दा दुई जना घाइते, ट्रक चालक पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १५ असार, २०८१
२ वर्षअघि
प्रतिकात्मक फोटो

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा तीव्र गतिको अटो ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घिनाघाट-विराटचोक सडकखण्डअन्तर्गत ग्रामथान-२ राधा कृष्ण पेट्रोलपम्पनजिक बुधबार राति ९:५५ बजेतिर उक्त दुर्घटना भएको थियो ।

Advertisement

रोकिराखेको प्रदेश १-०२-००१ क ४६३६ नम्बरको डिस्टिबियुटर (अलकत्रा बोक्ने गाडी ट्रक) लाई विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको को २ ह ३७२३ नम्बरको अटोले ठक्कर दिएको थियो ।

अटोले ट्रकको पछाडि ठक्कर दिँदा अटो चालक विराटनगर महानगरपालिका-१९ बस्ने ३५ वर्षीय मनोज भुजेल र अटोमा पछाडि सवार बूढीगंगा गाउँपालिका-२ का अन्दाजी ३७ वर्षीय सुरेशकुमार चौधरी घाइते भएका थिए ।

भुजेलको दुवै हात,खुट्टा र टाउकोमा चोट लागेको थियो भने चौधरीको दाहिने हातमा चोट लागेको थियो । तत्काल उनीहरूको
अवस्था सामान्य रहे पनि दुवै घाइतेलाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक र ट्रक चालक उर्लाबारी नगरपालिका-३ का अन्दाजी ३५ वर्षीय लक्ष्मण खडकालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

दुर्घटनामा परेका दुवै साधन प्रहरी चौकी झोराहाटमा राखिएको छ ।

तीव्र गतिमा अटो कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले औंल्याएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०