ग्रामथानमा तीव्र गतिको स्कुटर दुर्घटना, दुई महिला घाइते

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ जेठ, २०८१
२ वर्षअघि
फाइल फोटो

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा तीव्र गतिको स्कुटर दुर्घटना हुँदा दुई महिला घाइते भएका छन् ।

घाइते हुनेमा स्कुटर चालक ग्रामथान-६ की ३५ वर्षीया चाँदनी चौधरी र ४० वर्षीया अनुमति चौधरी रहेका छन् ।

आइतबार दिउँसो १२ः५० बजेतिर ग्रामथान-५ स्थित घिनाघाट-विराटचोक सडकखण्डमा प्रदेश १- ०२-०५१ प २६५७
नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको सो स्कुटर दुर्घटना हुँदा चाँदनीको दाहिने हात र बाँया खुट्टामा चोट लागेको थियो ।

सोही स्कुटरमा पछाडि सवार अनुमतिको टाउको र दाँया खुट्टामा चोट लागेको थियो । घाइते दुवै जनालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको स्कुटर भने प्रहरी चौकी तेतरियाको नियन्त्रणमा राखिएको छ ।

तीव्र गतिमा स्कुटर चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले औंल्याएको छ ।

प्रकाशित समय: सोमबार २१ जेठ, २०८१, ११:२८:४६
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
बिहिबार १७ ब‌ैशाख, २०८३
उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिविका पदाधिकारीले राजीनामा दिने
बिहिबार १७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठन खारेजी निर्णयमा विपक्षीको आपत्ति, तत्काल फिर्ता लिन माग
बिहिबार १७ ब‌ैशाख, २०८३
‘संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ’ – प्रचण्ड
बिहिबार १७ ब‌ैशाख, २०८३
अध्यादेश विवादबीच राष्ट्रपतिको पहल: रामचन्द्र पौडेलले संविधानविदसँग आज परामर्श गर्दै
बिहिबार १७ ब‌ैशाख, २०८३
मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर
बिहिबार १७ ब‌ैशाख, २०८३
अमेरिकी विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै, उच्चस्तरीय भेटघाटको तयारी
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०