विश्वकपको तयारीमा जुटे सन्दीप

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ६ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले आसन्न आइसिसी टी–२० विश्वकप लक्षित तयारी थालेका छन् ।

सन्दीपले शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानको अभ्यास सेन्टरमा पुगेर तयारी गरेका थिए । सन्दीपको तयारीका क्रममा क्यानमा सचिव एवम् पूर्वकप्तान पारस खड्का पनि पुगेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले पनि सन्दीपलाई अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने टी–२० विश्वकप खेलाउने तयारी गरेको छ ।

पाटन उच्च अदालतले बुधबार पूर्व कप्तान सन्दीपलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि तत्कालै क्यानले सन्दीपमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध बलात्कार मुद्दा दर्ता भएपछि क्यानले २३ भदौ ०७९ मा उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो ।

२८ पुसमा २० लाख धरौटीमा थुनामुक्त भएपछि सन्दीप पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका थिए । क्यानले १६ माघमा निलम्बन फुकुवा गरेको थियो ।

१५ फागुनमा सर्वाेच्च अदालतबाट अनुमतिसहित विदेशमा खेल्न जान पाएका थिए । तर, १३ पुस ०८० मा जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएपछि क्यानले २६ पुसमा अनिश्चितकालका लागि राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो ।

विश्वकपका लागि नेपाली टोली अहिले वेस्ट इन्डिज पुगेको छ । टोलीको यसअघिनै १५ जना खेलाडी समावेश छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मे २५ तारिखसम्म टोलीको खेलाडीमा फेरबदल गर्न पाउने व्यवस्था छ । क्यानले सन्दीपलाई विश्वकप खेल्न टोलीका सामेल गराउने तयारी गरिहरेको जनाएको छ ।

पाँच महिना मैदानबाहिर रहेका सन्दीप टोलीमा अटाउन उनी शारीरिक, मानसिक र प्राविधिक रूपले फिट हुनुपर्ने हुन्छ । नेपाललाई विश्वकपमा छनोट गराउन सन्दीपको भूमिका उल्लेख्य रहेको थियो ।

आइसिसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।

यस्तै नेपालले समूहको दोस्रो खेल जुन १२ मा श्रीलंका, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ तारिख बंगलादेशसँग खेल्ने छ ।

नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।

यसअघि नेपालले बंगलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो । विश्वकपअघि नेपालले आइसिसीले तय गरेको दुई वटा अभ्यास खेल पनि खेल्ने छ ।

जसअनुसार नेपालले मे २७ तारिख क्यानडा र मे ३० तारिख आयोजक अमेरिकासँग खेल्नेछ । उक्त खेल डालासमा हुने छ ।

प्रकाशित समय: आईतबार ६ जेठ, २०८१, ०६:२४:५८
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०