मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने पक्का, जसपासँगै नेकपा एसले पनि मत दिने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३१ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिने भएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई एकीकृत समाजवादी र जसपाले समेत विश्वासको मत दिने भएका हुन् ।

कोशी प्रदेश नयाँ सरकार गठनको प्रक्रियामा सामेल नगराइएको भन्दै असन्तुष्ट रहेका एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्री कार्कीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताए ।

उनले आफू काठमाडौंमा रहेकाले सभामा उपस्थित हुन नसके पनि दलको तर्फबाट विश्वासको मत दिने बताए । उनले भने आफू नआए पनि बहुमत पुग्ने भएकाले कामका कारण विश्वासको मत दिन आफू भने अनुपस्थित रहने बताए ।

यस्तै, जसपा नेपालले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताएका छ । प्रदेशसभा सदस्यमा एक सिट रहेको जसपाकी सांसद निर्मला लिम्बुले आफू पार्टीको बफादार सिपाही भएकाले पार्टीको निर्देशनअनुसार विश्वासको मत दिने बताइन् ।

संविधानको धारा १६८ (५) अनुसार गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले उपधारा ४ अनुसार आज विश्वासको मत लिन लागेका छन् ।

कोशीमा नयाँ सरकार गठन भएपछि प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनेगरी प्रस्तावको सूचना प्रदेशसभामा दिएका थिए । सोहीअनुरूप मुख्यमन्त्री कार्कीले आफूलाई सदनबाट बहुमत सिद्ध गर्न आँटेका हुन् ।

कोशी प्रदेशसभामा ९३ सांसदमध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ, जुन कार्कीको पक्षमा सहजै पुग्ने देखिन्छ ।

प्रकाशित समय: सोमबार ३१ ब‌ैशाख, २०८१, १०:३०:३५

सम्बन्धित खबर

पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने

आईतबार १० साउन, २०८३
९ घण्टाअघि

कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान

आईतबार १० साउन, २०८३
१० घण्टाअघि

भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

आईतबार १० साउन, २०८३
११ घण्टाअघि

किन स्थगित भयो गगन थापाको भारत भ्रमण?

आईतबार १० साउन, २०८३
१३ घण्टाअघि

इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन

आईतबार १० साउन, २०८३
१४ घण्टाअघि

गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा

शनिवार ९ साउन, २०८३
१ दिनअघि
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०