इटहरीमा ओलम्पियन्सहरूको वाकाथन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा) सँगै स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको सुरुवात कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार मन्त्री खत्रीले गरेका थिए ।

Advertisement

आज बिहीबार बिहान सुनसरीको इटहरीस्थित रंगशालाबाट सुरु भएको वाकाथन इटहरी चोक हुँदै दुर्गा पार्टी प्यालेसमा पुगेर टुंगिएको थियो ।

वाकाथनमा सहभागी ओलम्यिन्स, कोशी प्रदेशका सेलिब्रेटी खेलाड र अन्य खेलाडीहरुलाई इटहरी उपमहानगरपालिकाले त्यहाँ स्वागत सम्मान गरेको हो ।

वाकाथनमा ओलम्यिन्स, अन्तर्राष्ट्रिय ओलम्पिक खेलाडी र कोशी प्रदेशका सेलिब्रेटी खेलाडहरुसँगै मन्त्री खत्री, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नगर उपप्रमुख संगीता चौधरी तथा स्थानीय प्रशासनका प्रमुख र खेलाडीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेलकुदबाटै पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना भएको कार्यक्रममा खेलाडीहरू सहभागी भएकोमा स्वागत गर्दै धन्यवाद दिए ।

बोर्डले खेलकुद पर्यटनलाई उजागर गर्नेगरी पहिलोपटक एकैठाउँ धेरै खेलाडीलाई प्रदेशमा ल्याएको उनको भनाइ छ ।

उनीहरूलाई भित्र्याउँदा यहाँका खेलप्रेमीलाई समेत पुराना तथा नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर प्राप्त हुने वाग्लेले बताए ।

कार्यक्रममा मन्त्री खत्रीले खेलकुदका मध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने भएकाले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, नगर उपप्रमुख चौधरीले स्थानीय सरकारले पनि खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन ग्रासरुटबाटै काम गरिरहेको उल्लेख गर्दै त्यसका लागि बजेटमा प्राथमिकता दिने बताइन् ।

कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु र कन्याममा पुगेर सम्पन्न हुने छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा कार्यक्रम भएको हो ।

पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीको सहभागिता रहेको छ ।

ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका खेलाडीहरु कोशी प्रदेशमा छन् ।

चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवर्धनमा जोड मिल्नेगरी अघि बढाइनेछ ।

खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बताइएको छ ।

नेपालका सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायत खेलाडी सहभागी छन् ।

कार्यक्रममा करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०