गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् ।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको  १२औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

“पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ”, प्रधानमन्त्री दाहालले भने, “मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसङ्ख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु ।”

कृषि, उद्योग र पर्यटन विकासमा टेवा पुर्‍याउने र जनताको जीवनस्तरमा सुधार ल्याउनेगरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले रणनीतिक महत्व बोकेको विराटनगर चक्रपथ निर्माणलाई आगामी आर्थिक वर्षदेखि योजनाबद्ध तवरले अगाडि बढाइने जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री दाहालले भने, “खासगरी जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत–साधन र परम्परागत ज्ञान–सीपको सम्वद्र्धधन गर्नुपर्छ । कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरणमा समेत यो विश्वविद्यालयले विशेष योगदान पुर्‍याउनुपर्छ ।”

प्रधानमन्त्री दाहालले अलैँची, चिया, रुद्राक्ष, जडीबुटी, जुट, फलफूललगायतका मौलिक बालीहरूका बारेमा सूक्ष्म शोध–अनुसन्धानका साथै उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि विश्वविद्यालयले महत्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित समय: शुक्रबार १४ ब‌ैशाख, २०८१, १४:२५:५४
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
१० दिनपछि नेप्से २८०० मुनि, कारोबार पनि घट्यो
बिहिबार १० ब‌ैशाख, २०८३
विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण
बिहिबार १० ब‌ैशाख, २०८३
कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन
बिहिबार १० ब‌ैशाख, २०८३
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
बिहिबार १० ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०