अन्तरप्रदेश खेलकुद : कोशीको पोल्टामा ५६ पदक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ चैत, २०८०
२ वर्षअघि

चितवन : चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले ५६ पदक जितेको छ ।

सोमबारबाट सुरु भएका विविध प्रतिस्पर्धाअन्र्तग दोस्रो दिनसम्म आइपुग्दा १० स्वर्णसहित कोशीले ५६ वटा पदक हात पारेको हो ।

कोशीले १० स्वर्ण पदक जित्दा १९ रजत र २७ कास्य गरी ५६ पदक जितेको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।

मंगलबार भएको करातेतर्फ कोशीले एक स्वर्णसहित १३ वटा पदक जित्यो । करातेको ८४ केजीतर्फ ईश्वरधन राईले स्वर्ण पदक जित्दा एकल कातातर्फ विवेक राईले रजत जिते ।

५५ किलोतर्फ विद्याकला राई, ६७ केजीमा पर्वत बस्नेत, ५५ केजीमा सूर्यचन्द्र राई, ५० केजीतर्फ महिलामा दिव्या तामाङ र पुरुषतर्फ ५० केजीमा दिपेश राईले रजत जिते ।

एकल कातामा रोश्ना राई, ६८ किलोतर्फ मेनुका मगर, ४५ केजीमा स्मृति चौधरी, ८४ किलोमा केशव राई र ७५ किलोमा खरीहाङ दुमीले कास्य जित्दा टिम कातामा खरीहाङ राई, अर्जुन श्रेष्ठ र सूर्यचन्द्र राईको समूहले कास्य जित्यो ।

कोशीले स्वीमिङतर्फ ६ वटा रजत जित्यो भने १३ वटा कास्य जित्यो ।

एथ्लेटिक्सतर्फ दुईवटा गोल्ड, चार वटा सिल्भर र दुईवटा ब्रोन्ज गरी आठ वटा पदक जित्यो । तेक्वान्दोतर्फ कोशीले पाँच वटा स्वर्ण, दुईवटा रजत र ६ वटा कास्य गरी १३ पदक हात पार्‍यो ।
महिला क्रिकेटतर्फ कोशी प्रदेशले दोस्रो हुँदै रजत पदक जित्यो भने ब्याडमिन्टनको टिम इभेन्टमा दुई स्वर्ण हात पार्‍यो ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

प्रतियोगिताअन्तर्गत महिला क्रिकेट शनिबार नै सुरु भएको थियो भने अन्य खेलका प्रतिस्पर्धा सोमबारबाट सुरु भएको थियो ।

पुरुष क्रिकेट चैत २८ गतेदेखि हुने छ । प्रतियोगिताको समापन समारोह गौरीटार रंगशाला हेटौंडामा वैशाख २ गते हुने छ ।

प्रतियोगितामा करिब २ हजार खेलाडी तथा अफिसियल सहभागी भएका छन् ।

प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कास्यका लागि प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताका स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेता खेलाडीले तीन हजार रुपैयाँ हात पार्नेछन् ।

हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ भने टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने छ ।

राष्ट्रिय प्रतियोगितामा दिइने पुरस्कार रकम एकदमै कम भएको गुनासो पनि छ ।

पुरस्कार रकमले खेलाडीको मनोबल बढाउन नसक्ने प्रशिक्षकहरू बताउँछन् । प्रतियोगिता सञ्चालन गर्न १२ करोड खर्च हुने आयोजकले जनाएको छ  ।

प्रकाशित समय: मङ्गलबार २७ चैत, २०८०, २१:१२:५०
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०