कुम्भमेलाको तयारी : बेहुलीजस्तै श्रृंगारिँदै कुम्भ नगरी !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ चैत, २०८०
२ वर्षअघि

विराटनगर । १२ वर्षपछि लाग्ने पूर्ण महाकुम्भको अवसरमा कुम्भ नगरी क्षेत्रमा रहेका धार्मिक मठ मन्दिरहरूलाई शृंगारिएको छ ।

१२ वर्षे पूर्ण महाकुम्भ नजिकिँदै जाँदा कुम्भ स्तम्भ क्षेत्र मात्र नभएर कुम्भस्थल क्षेत्रमा रहेका मन्दिर, धर्मशाला, हनुमानको मूर्ति, कुम्भ स्तम्भलगायतका मठ मन्दिरहरूलाई बेहुलीजस्तै शृंगारिएको छ ।

एक महिनाको अन्तरालमा चतराको मुख्यबजार आसपास क्षेत्रमा बाक्लो चहलपहल सुरु भएको छ ।

यसै चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म बराहक्षेत्र नगरपालिकास्थित चतरामा लाग्ने पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाका लागि आवश्यक पूर्व तयारी गरिएको छ ।

कुम्भकै अवसरमा चैत २६ गते धरानमा रहेको पिण्डेश्वर महादेव मन्दिरमा विधिवत् पूजा गरेर धरान, इटहरी, विराटचोक, विराटनगर, दुहवी, इनरुवा, प्रकाशपुर, चक्रघट्टी हुँदै मूल कुम्भ स्थलक्षेत्र चतरामा घडा भित्र्याइने जनाइएको छ ।

चैत २८ गतेदेखि वैशाख २८ गतेसम्म प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म यज्ञ मण्डपमा पूजा हुने समितिले जनाएको छ । कुम्भ स्थलमा रुद्राभिषेक, लघु रुद्राभिषेक, महारुद्राभिषेक गरिने कार्यक्रम तय गरिएको छ ।

कुम्भ मेलाको अवसरमा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठले चैत २७ गतेदेखि वैशाख ४ गतेसम्म श्रीराम कथा, वैशाख १ गतेदेखि ११ गतेसम्म संकटमोचन श्रीहनुमान महायज्ञ, ५ गतेदेखि ९ गतेसम्म भारतको बागेश्वरधामका पीठाधीश धिरेन्द्रकृष्ण शास्त्रीबाट श्रीराम कथा र श्रीरामनवमी महोत्सवका अवसरमा श्रीराम मन्दिरको कुम्भनगरी चतरामा शिलान्यास हुने जनाइएको छ ।

चैतको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म लाग्ने कुम्भ मेलामा पाँच दिन कुम्भ स्नानका विशेष दिनहरू छन् ।

कुम्भ प्रारम्भ महास्नान चैत २ गते, प्रथम कुम्भ महास्नान वैशाख १ गते, द्वितीय कुम्भ महास्नान वैशाख ११ गते कुम्भ नगरी क्षेत्रमा रहेको सप्तकोसी नदीमा विधिपूर्वक स्नान गरिने भएको छ ।

त्यस्तै, तृतीय कुम्भ महास्नान वैशाख २६ गते मातातीर्थ औँसीको दिन र स्नान वैशाख २८ गते कुम्भ समाप्ति स्नान हुने भएको छ ।

कुम्भमा आउने भक्त तथा धार्मिक पर्यटकहरूका लागि खाने, बस्ने र प्राथमिक उपचारको समेत व्यवस्था गरिएको छ ।

कुम्भलाई भव्य बनाउन कुम्भनगरी क्षेत्रलाई शृंगार्नेदेखि सुरक्षाको प्रबन्धसमेत मिलाइएको आयोजकको भनाइ छ ।

कुम्भमेला अवधिभरि चतरा बजार क्षेत्रमा मदिरा र माछामासु बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

मेला अवधिभर घर आँगन सफा राख्न पुष्पयुक्त गमलाले पाहुनाको स्वागत गर्न प्रत्येक घरमुलीलाई अनुरोध गरेको तथा सम्भव भएसम्म ‘होमस्टे’का रूपमा आफ्ना निवासलाई तयार गरिएको छ ।

भारतका चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासीक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ ।

बराहक्षेत्रमा भने २०५९ सालदेखि कुम्भमेला आयोजना हुन थालेको हो । यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ ।

सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको बताइएको छ ।

प्रकाशित समय: आईतबार २५ चैत, २०८०, ०८:११:५८

सम्बन्धित खबर

गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा

शनिवार ९ साउन, २०८३
१६ घण्टाअघि

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने

शनिवार ९ साउन, २०८३
२० घण्टाअघि

इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी

शनिवार ९ साउन, २०८३
२० घण्टाअघि

तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ

शनिवार ९ साउन, २०८३
२१ घण्टाअघि

घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ

शनिवार ९ साउन, २०८३
२२ घण्टाअघि

डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस

शुक्रबार ८ साउन, २०८३
२ दिनअघि
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ
शनिवार ९ साउन, २०८३
घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ
शनिवार ९ साउन, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव
शनिवार ९ साउन, २०८३
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस
शुक्रबार ८ साउन, २०८३
घुससहित पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत
शुक्रबार ८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०