पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति गर्न ५५६ वटा रुख काटिने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ चैत, २०८०
२ वर्षअघि

विराटनगर । पूर्व-पश्चिम एसियन राजमार्ग निर्माणका लागि मोरङको कानेपोखरीबाट रुख कटान सुरु भएको छ ।

‘दुई लेन’सडकलाई चार लेनमा रूपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गको पश्चिम खण्डमा मंगलबारदेखि रुख कटान सुरु भएको हो ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले पश्चिम खण्डको रुख कटानको सुरुवात गरेका हुन् ।

बुधबार मोरङको कानेपोखरी-७ मा एसियाली विकास बैंकको सहयोगमा विस्तार हुन लागेको पूर्वपश्चिम राजमार्गको सडक किनारका रुख कटान कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री उप्रेतीले तराईको वन विकासको मेरुदण्ड भएको बताए ।

बाटो निर्माणका लागि रुख काट्नु स्वाभाविक भए पनि रुख काट्नका लागि बाटो बनाउनु उपयुक्त नहुने धारणा उनले व्यक्त गरे ।

सब डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख अल्लाउद्दिन अन्सारीका अनुसार मोरङ खण्डको ३६.२ किलोमिटर क्षेत्रमा पाँच हजार ५५६ वटा रुख पर्छन् ।

आयोजना क्षेत्रमा कुल १५ हजार सिएफटी काठ कटान गरिने छ । यसमा लाथ्रा, पोल र ठुला रुख रहेका छन् ।

काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७.७७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ ।

सडक दुई खण्डमा ठेक्का लागेको हो ।

काँकडभिट्टादेखि दमकसम्मको ४५ किलोमिटर सडक दमक कार्यालयले हेर्ने छ भने दमकबाट इटहरीपश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्ने छ ।

दमकपश्चिमको सडक भाग ३ मा पर्छ । मोरङको मात्र स्वीकृति प्राप्त भएको हो । मोरङ खण्डको सडक किनारका रुख दुई महिनाभित्र हटाइसक्नुपर्ने छ ।

प्रकाशित समय: बिहिबार ८ चैत, २०८०, ०९:०५:०२

सम्बन्धित खबर

कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध

मङ्गलबार १२ साउन, २०८३
२ घण्टाअघि

कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द

मङ्गलबार १२ साउन, २०८३
६ घण्टाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१८ घण्टाअघि

कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन

सोमबार ११ साउन, २०८३
२१ घण्टाअघि

देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग

सोमबार ११ साउन, २०८३
२४ घण्टाअघि

सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण

सोमबार ११ साउन, २०८३
१ दिनअघि
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०