इटहरीमा तीव्र गतिको मोटरसाइकलको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । सुनसरीको इटहरीमा तीव्र गतिको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका-२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेकी छन् ।

यस्तै, मोटरसाइकलको ठक्करबाट उनकै छोरा ५८ वर्षीया गोविन्दबहादुर बोहोरा रहेका छन् ।

सोमबार साँझ ६:५० बजेतिर इटहरी-१ हलगडा पिपलचोकस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र १-०२-०४० प ४४८३ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेका उनीहरूलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट चन्द्रकुमारीको टाउको, अनुहार तथा हातखुट्टामा गम्भीर चोट लागेको थियो ।

उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल पठाइएकोमा उपचारका क्रममा बेलुका ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोविन्दबहादुरको पनि अनुहार, हातखुट्टा तथा टाउकोमा चोट लागेको छ । सामान्य अवस्था रहेका उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना गराउने मोटरसाइकल चालक तत्काल फरार रहेकाले खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय: मङ्गलबार २९ फाल्गुण, २०८०, ०७:०५:०८
राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक
आईतबार १७ जेठ, २०८३
‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’
आईतबार १७ जेठ, २०८३
नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै
आईतबार १७ जेठ, २०८३
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०