रंगेली नगर अस्पतालको आइसियू उद्घाटन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको रंगेली नगरपालिस्थित नगर अस्पतालको आइसियू उद्घाटन भएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख दिलीपकुमार अग्रवाल, नगरउपप्रमुख भूमा पराजुलीले आइसियूको उद्घाटन गरेका हुन् ।

Advertisement

आइसियूका अलावा अस्पतालको नयाँ भवनमा स्थापित ओपिडी वार्ड, सेवाग्राहीको सहजताका लागि बनाइएको बिलिङ काउन्टर र ड्रेसिङ रूमको पनि आजै उद्घाटन भएको छ ।

आइसियुलगायत सेवाका लागि विराटनगरलगायत अरूतिर जानुपर्ने बाध्यता टार्न भन्दै नगरपालिकाले स्थापना गरेको आइसियु आजबाट सञ्चालनमा आएको हो ।

अब बिरामीहरूले आइसियु सेवाका लागि नगरबाहिर जानुपर्ने बाध्यता टर्नेमा आफूहरू विश्वस्त रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वसन्त शाहले बताए ।

नगरभित्र २२ सय जनालाई बिमा गरिदिएर नगरपालिकाले यहाँका बिरामीहरूलाई उपचार सेवा दिइरहेको छ ।

नगरपालिकाले सञ्चालन गर्न थालेपछि रंगेली अस्पतालले अत्याधुनिक स्वास्थ्य उपकरण र विशेषज्ञ चिकित्सकहरूको सहायतामा भरपर्दो सेवा पनि दिइरहेको स्थानीय समाजसेवी सुरेश मिश्रले सुनाए ।

संघीयतायता नगरले आफ्नै मातहतमा राखेर अस्पताल सञ्चालनमा ल्याएपछि यहाँ छिमेकी पालिकाहरूदेखि भारतसम्मका बिरामीले उपचार सेवा लिइरहेका छन् ।

आइसियू सञ्चालनमा आएपछि यस नगर अस्पतालबाट सेवा लिनेहरू थप लाभान्वित हुने स्थानीय समाजसेवी बताउँछन् ।

कार्यक्रममा बोल्दै रंगेली उपप्रमुख भूमा पराजुलीले सदरमुकामसँगै सारिएको जिल्ला अस्पताल फर्काउन नसकिए पनि नगरको पहलमा जिल्ला अस्पतालसहर नगर अस्पतालले सेवा दिइरहेको बताइन् ।

नगप्रमुख दिलीपकुमार अग्रवालले नगरभित्रका नौवटै वडामा बिमा कार्यक्रम लागू गरेको बताउँदै नगरबासीले विश्वस्त भएर सरकारी स्वास्थ्य संस्थामा उपचार गराउन आग्रह गरे ।

जेष्ठ नागरिक–अपांगता भएका बिरामीलाई निःशुल्कै बिमा गरिदिएको उल्लेख गर्दै नगरबासीलाई स्वास्थ्यको पहुँचमा ल्याउने काममा आफूहरू अग्रसर भएको सुनाए ।

स्थानीय तहको स्वास्थ्य सेवामा विश्वसनीयता थप्न नगरले स्वास्थ्य संस्थाको भौतिक विकासमा मात्र जोड दिएको छैन, अत्याधुनिक स्वास्थ्य उपकरण र विशेषज्ञ चिकित्सकहरूको सहायतामा भरपर्दो सेवा पनि दिइरहेको छ ।

अझ, रंगेलीसँगै जोडिएको कानेपोखरीको दक्षिणी भेग, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिकासम्मका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनुलाई महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।

साथै, रंगेलीका सरकारी स्वास्थ्य संस्थाले छिमेकी मुलुक भारतबाट आउने बिरामीलाई पनि स्वास्थ्योपचार सेवा दिइरहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०