दुहबीमा सडक विस्तार गर्न नदिन संघीय सांसदसहितको सत्याग्रह

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर : विराटनगर–धरान सडक खण्डअन्तर्गत सुनसरीको दुहबीमा सडक विस्तार गर्न नदिन स्थानीय सत्याग्रह बसेका छन् ।

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारत जोड्ने सोझो ‘लिङ्क’ रोडको दुहबीमा सडक विस्तार गर्न नदिन शुक्रबार स्थानीय एकदिने सत्याग्रहमा बसेका हुन् ।

‘दुहबी बजार बचाऔं’ संयुक्त संघर्ष समिति नाम दिएर आन्दोलन थालेका स्थानीय आज दिनभर सत्याग्रहमा बसेका थिए, जसमा संघीय सांसद भगवती चौधरी पनि सहभागी थिइन् ।

उनीहरूले सर्वोच्च अदालतद्वारा जारी अन्तरिम आदेशको पालना र अक्षरशः कार्यान्वयन गर्न–गराउन दबाब दिने उद्देश्यले आफूहरू सत्याग्रहमा बसेको बताएका छन् ।

दुहबीमा सरकारले २०५४ साल चैत ३ गते राजपत्रमा सूचना प्रकाशित गरी ६३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रका रूपमा कायम गर्ने निर्णय गरेको थियो ।

त्यसबेला दुहबी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुवैतर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो ।

तर, त्यसो गर्दा आफ्नो धेरै जग्गामा क्षति पुग्ने जनाउँदै स्थानीयले विरोधको पहिलो चरणमा सत्याग्रह बसेका हुन् ।

सडक विस्तार गर्दा सरकारले स्थानीयसँग वार्ता गरी मुआब्जा दिएमा मात्र सडक विस्तार सम्भव हुने उनीहरूको माग छ ।

स्थानीयको दाबीअनुसार अब सडक विस्तार गरेको खण्डमा एक सय ५० भन्दा बढी परिवारको जग्गा पर्ने छ ।

यता, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले सडक विस्तार हुन नदिनु विकासविरोधी कार्य भएको जनाए ।

प्रकाशित समय: शुक्रबार १८ फाल्गुण, २०८०, १८:३१:०५
आज मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने
बिहिबार १० ब‌ैशाख, २०८३
छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
पोखरामा ‘स्वीप अपरेसन’ : एकै रात १२२ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०