होस्टेलमा मृतावस्थामा फेला परेकी शालीनको बलात्कारपछि हत्या भएको आफन्तको दाबी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर ।  होस्टेलमा मृतावस्थामा फेला परेकी गोरखाकी एक बालिकाको बलात्कारपछि हत्या भएको आफन्तले दाबी गरेका छन् ।

गोरखा जिल्ला अजिरकोट गाउँपालिका-५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालीनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

शालीन चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा-८ मा अध्ययनरत थिइन् ।

सोही स्कुलले सञ्चालन गरेको होस्टेलमा उनी गत फागुन १२ गते झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

मृतक शालीनका पिता दीपेन्द्र पोखरेलले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाको वस्तुस्थिति अध्ययन गर्दा आत्महत्या नभएर बलात्कारपछि हत्या भएको देखिएको बताए ।

‘लास झुण्डिएको अवस्था, त्यहाँको वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने कुरा अस्वाभाविक र अपत्यारिलो देखिन्थ्यो”, मृतकका बाबु पोखरेलले भने ।

“घटनापछि सो विद्यालयमा गई मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालीनकी कोठाका साथी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौँभन्दा प्रहरीले विद्यालय परिसरभित्रै मेरो भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरे,’ उनले थपे ।

मृतकका बुबाले आफू काठमाडौँमा भएको बेला उक्त घटना भएको जानकारी विद्यालयबाट आएको बताए ।

आफू त्यहाँ पुगेपछि मात्र प्रक्रिया अगाडि बढाउन विद्यालय प्रशासनलाई आग्रह गरिएता पनि आफू त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनसायले काम गरेको देखिएको उनको भनाइ छ ।

‘म त्यहाँ पुग्नुभन्दा पहिले नै ‘घटना भएको छात्रावास’ को ढोका फोडिएको थियो, घटना भएको ठाउँमा सरसफाइ गरिसकेको थियो । शालीनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा फेला परेको थियो, उक्त कुराको भिडिओ फुटेज मसँग सुरक्षित छ,’ उनले भने ।

बलात्कारपछि हत्या गरिएको आशंकापछि विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरिवेक्षक कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिइएको थियो ।

तर, प्रहरीले नाम हटाएर ल्याउन भनेको मृत्तकका बाबु दीपेन्द्रले सुनाए ।

उक्त घटनामा चार दिनपछि प्रहरीले जाहेरी लिएको र मृतक शालीनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन आफूले शव वाहनमा ल्याएको, पोस्टमार्टम भएपनि शव अहिलेसम्म नबुझेको जानकारी दिए ।

प्रहरीले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ ।

मृतक शालीनकी आमा सगुनले आफूहरूलाई घटनाबारे ढिलो खबर गरेको र उक्त विद्यालय नजिकै बस्ने मृतककी हजुरआमासमेतलाई जानकारी नगराइएकाले घटना आत्महत्या नभई हत्या गरेको देखिएको दाबी गरिन् ।

उनले आफूजस्तै आमाले भोलिका दिनमा छोरीहरू यसैगरी गुमाउन नपरोस् भनेर घटनाको यथार्थ छानबिन गर्न माग गरिन् ।

प्रकाशित समय: बिहिबार १७ फाल्गुण, २०८०, २१:५८:४५
पोखरामा ‘स्वीप अपरेसन’ : एकै रात १२२ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०