लैंगिक विभेद कायमै : छोरी जन्मिएपछि अस्पतालमै छोडेर भागिन् आमा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । हाम्रो समाजमा अझै पनि लैंगिक विभेद कायमै छ भन्ने उदाहरण सायद यो घटनाले दिन सक्छ ।

घटना हो, वीरगन्जको । पर्साको वीरगन्जमा छोरी जन्मिएको भन्दै नवजात शिशुलाई अस्पतालमै छाडेर एक जना आमा फरार बनेकी छन् ।

वीरगन्ज महानगरपालिका-६ रानीघाट ठेगाना अस्पतालमा टिपाएकी सीता देवीले शनिबार बिहान साढे ६ बजे छोरीलाई जन्म दिएकी थिइन् ।

तर, छोराको आशमा रहेकी सीता छोरी जन्मिएपछि साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षागार्डको आँखा छलेर फरार भएको अस्पतालले जनाएको छ ।

सीताका त्यसअघि तीन छोरी जन्मिइसकेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चितरञ्जन साहका अनुसार सीताको चौथो सन्तान पनि छोरी जन्मिएपछि अस्पतालमै नवजात शिशु छाडेर उनी फरार भएकी हुन् ।

अस्पताल वरपर खोजतलास गर्दा आमा नभेटिएपछि प्रहरीलाई जानकारी गराइएको डा. साहले बताए ।

छोरी जन्मिएको भन्दै परिवारले झै-झगडा गरेपछि अस्पतालमा रहेका आमा र हजुरआमा शिशुलाई अस्पतालमा अलपत्र छोडेर हिँडेको नारायणी अस्पतालको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले जानकारी दिइन् ।

सीता देवीलाई अस्पतालमै पनि परिवारजनले तनाव दिएजस्तो देखिएको थियो ।

पछि आमा र हजुरआमा कोही नभेटिएपछि शिशुलाई एनआइसियूमा राखिएको छ । शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।

अस्पतालमा गलत ठेगाना टिपाइएकाले फरार रहेकी नवजात शिशुकी आमाको खोजी कार्यमा कठिनाइ भइरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले बताए ।

प्रकाशित समय: सोमबार १४ फाल्गुण, २०८०, ०७:५६:१४

सम्बन्धित खबर

देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 

मङ्गलबार १२ साउन, २०८३
२ घण्टाअघि

सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू

मङ्गलबार १२ साउन, २०८३
६ घण्टाअघि

कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध

मङ्गलबार १२ साउन, २०८३
९ घण्टाअघि

कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द

मङ्गलबार १२ साउन, २०८३
१३ घण्टाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ दिनअघि

कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन

सोमबार ११ साउन, २०८३
१ दिनअघि
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०